विश्वकप फुटबल २०१८: नकआउट चरणमा खेलाइने बलमा के के संकेत छन् ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८: नकआउट चरणमा खेलाइने बलमा के के संकेत छन् ?

सारांश

  • रुसमा जारी विश्वकप फुटबलको नकआउट चरणमा नयाँ बल प्रयोग हुने भएको छ ।
  • समूह चरणमा प्रयोग भएको भन्दा भिन्दै बल प्रयोग हुने विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ ।
  • अहिले समूह चरणका खेलमा कालो र सेतो रहेको एडिडासको टेलस्टार १८ बल प्रयोग भइरहेको छ ।

रुसमा जारी विश्वकप फुटबलको नकआउट चरणमा नयाँ बल प्रयोग हुने भएको छ । समूह चरणमा प्रयोग भएको भन्दा भिन्दै बल प्रयोग हुने विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ ।

अहिले समूह चरणका खेलमा कालो र सेतो रहेको एडिडासको टेलस्टार १८ बल प्रयोग भइरहेको छ । यस्तो खालको क्लासिक बल ४८ वर्षपछि यो विश्वकपमा प्रयोग भइरहेको हो ।

अब नकआउट चरणका खेलमा टेलस्टार मिस्टा बल प्रयोग हुनेछ । एडिडासले यो बल तयार पारिसकेको छ । नकआउट चरणमा प्रयोग हुने बलमा सेतोमा रातो र केही कालो रंगको डिजाइन गरिएको छ ।

यो रंग रुसको आधिकारिक रंगबाट प्रभावित भएको जनाइएको छ ।

यस्तै बलको रंगले नकआउट चरणमा बढ्दै गएको खेलको गर्मीलाई पनि संकेत गर्नेछ । रुसी भाषामा मिस्टाको अर्थ सपना हुन्छ । यो नयाँ बल आउँदो शनिबार हुने खेलमा पहिलो पटक प्रयोग हुनेछ । समूह चरणमा प्रयोग भएको बल।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?