न्यून चापीय रेखा नेपाल नजिकःः देशभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २५, २०७६
|
|
१७ पटक हेरिएको
Shares
न्यून चापीय रेखा नेपाल नजिकःः देशभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह

सारांश

  • काठमाडौं।
  • मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ।
  • अझै दुई, तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं। मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ। अझै दुई, तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एकरदुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ। मौसमविद् राजु प्रधानाङ्गका अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ। “वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ”, मौसमविद् प्रधानाङ्गले भने।

त्यस्तै शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ। यसैगरी पोखरामा १३.०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ।

यसैबीच ट्राफिक प्रहरी महाशाखाले यो समयमा सवारी साधन चलाउनु अघि वाइपर र हेडलाइट जाँच गर्नुका साथै पानीले भिजेको अवस्थामा सडकमा ब्रेक कम लाग्न सक्ने र सवारी अनियन्त्रित हुन सक्ने भन्दै सवारीको गति कम गर्न आग्रह गरिएको छ।

छबि विरुद्ध शिल्पाको प्रहरीमा उजुरी, ओझामाथि घरेलु हिंसाको आरोप
अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् तथा फिल्म निर्माता छविराज ओझाविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले गएको तीन दिन अगाडि काठमाडौं प्रहरी परिसरमा आफूमाथि श्रीमान् ओझाले घरेलु हिंसा गरेको भन्दै उजुरी दिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

दुबैलाई प्रहरीले बुधबार छलफलका लागि बोलाएको थियो । तर, निर्माता ओझा विरामी परेपछि बिहीबार (भोली) दिउँसो दुईलाई प्रहरी परिसरमा बोलाइएको जानकारी प्राप्त छ । केही समययता दुईको बैबाहिक जीवनमा दरार उत्पन्न भएको निकट स्रोतले उल्लेख गरेको छ । यद्यपी सम्बन्धमा खटपट हुनुको कारण भने खुलेको छैन ।

स्रोतका अनुसार, शिल्पाले छविसँग डिभोर्स मागेकी छन् । तीन वर्ष अगाडि शिल्पा र छविले काठमाडौंको गोकर्ण रिसोर्टमा सुटुक्क लगनगाँठो कसेका थिए ।

अभिनेत्री रेखा थापासँग अलग्गिए पछि छविले शिल्पासँग विवाह गरेका हुन् । विवाह गरेको लामो समयसम्म दुईले यो कुरा सार्वजनिक गरेका थिएनन् । गत वर्ष अभिनेत्री रेखाले एक स्मारिकामा लेख लेख्दै शिल्पा र छविको विवाह भइसकेको खुलाएकी थिइन् । पछि छविले पनि स्वीकार गरेका थिए । शिल्पा अघि छबिले ३ जनासँग विहे गरिसकेका छन् ।

कैयौ सुपरहिट फिल्म दिएका छविले शिल्पालाई फिल्म ’लज्जा’ बाट नेपाली फिल्ममा डेब्यू गराएका थिए । त्यसअघि शिल्पा म्यूजिक भिडियोमा व्यस्त थिइन् । डेब्यू फिल्मपछि उनी छविराज प्रोडक्सनको ब्यानरबाट निर्माण हुने कुनै फिल्ममा छुटेकी छैनन् । छवि निर्मित तथा शिल्पा अभिनीत पछिल्लो फिल्म ’मंगलम’ हो ।

यो पनि पढ्नुस्
मन्त्री यादवले ३ जना सचिवको नामै तोकेर कारवाहीको माग गरे
२४ असारको विहान ब्रेकफाष्ट सहित डाकिएको मन्त्रिपरिषद् बैठकको शुरुमै तरकारी र फलफूल परीक्षणको विषयले प्रवेश पाएको थियो । भारतबाट आयातित तरकारीको सीमामा परीक्षण गर्ने प्रस्ताव लाने उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुरुमै कडा भनाई राखे । उनले प्रस्ताव लानुअघि देखि लगेपछिको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

प्रस्ताव आफूले लगेकाले त्यसको नैतिक जिम्मेवारी लिने तर आफूलाई गुमराहमा पार्ने सचिवहरुमाथि कारबाही गर्नुपर्ने अडान लिए । उनले वाणिज्य तथा आपूर्ति तर्फको जिम्मेवारी लिएका सचिव केदार बहादुर अधिकारी, कृषि सचिव युवकध्वज जी.सी. र प्रधानमन्त्री कार्यालयका जिम्मेवार सचिवहरुको नाम तोकेरै कारबाहीको विषय उठाएका थिए । प्रस्ताव लान प्रेरित गर्ने देखि यथार्थ जानकारी नगराई चुप लागेर बसेको भन्दै सचिवहरुमाथि कारबाही गर्नुपर्ने जोड दिएका थिए ।

आफ्नो भनाई राखेर मन्त्री यादव बैठकबाट निस्किएका थिए । कर्मचारीले गुमराहमा पारेर पूर्वाधार तयार विना तरकारी परीक्षणको निर्णय भएको बताए । मन्त्री यादवले सचिवहरुप्रतिको आक्रोश ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनमा अन्तवार्ताका क्रममा समेत पोखे । सचिवहरुलाई साहबहरु भन्दै किन सही सल्लाह नदिएको भनी प्रश्न गरे ।

मन्त्री बनेर आएको केही समयपछि तरकारी परीक्षणको विषयमा भएको निर्णयलाई तत्कालिन सचिवले सामान्य प्रक्रिया हो भनेपछि सही गरिदिएको खुलासा गरे । सचिवहरुको बढी विश्वास गर्दा गम्भीर त्रुटीपूर्ण निर्णय भएको बताए ।

यता, तरकारी प्रकरणमा भारतको दबाबका कारण परीक्षण रोकिएको भन्ने बजार हल्ला तातेको छ । त्यसमाथि भारतीय राजदूतावासले सरकारलाई लेखेको पत्र सार्वजनिक भयो । पत्र सचिवको हातमा पुगेको थियो । तर, कसरी सार्वजनिक भयो ? मन्त्री यादवले आफ्नो हातमा समेत पत्र नआएको बताए । धमलासँगको अन्तवार्तामा पत्र मिडियामा बाहिर आएपछि मात्र हातमा परेको खुलाए । सचिवको हातमा पुगेको पत्र कसरी बाहिरियो ?

कुटनीतिक सम्बन्धमा असर पर्ने गरी कुनै राष्ट्रका तर्फबाट राजदूतावासले पठाएको पत्र बाहिरिनुले सरकार समस्यामा परेको छ । त्यो पत्र बाहिर ल्याउने को हुन् ? यसबारे समेत मन्त्री यादवबाट मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबाट पनि चासो बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?