प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचना सहितको राष्ट्रिय परिचयपत्र मंगलबार हस्तान्तरण गरिएको छ ।
- प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्तान्तरण गरेका हुन् ।
- प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचना सहितको राष्ट्रिय परिचयपत्र मंगलबार हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको छ ।
नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार प्रधानमन्त्रीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।
विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई वर्ष्भित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।
नेपाल विजयी
एसीसी यु–१९ इस्टर्न रिजनको उपाधि जित्दै नेपाल अर्को महिना श्रीलंकामा हुने अण्डर १९ एशिया कपका लागि छनोट भएको छ । आज भएको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल एशिया कपमा छनोट हुन सफल भएको हो । हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६।१ ओभरमै ४ विकेटको क्षतिमा भेट्टाएको हो ।
नेपालका लागि पवन सर्राफले सर्वा्धिक ३९ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । रित गौतमले १३, रोहित कुमार पौडेलले १२, खडक बहादुर बोहराले ८, भीम सार्कीले ८ रन बनाए ।
यसअघि मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ४३।१ ओभरमा ९५ रनमै रोकेको थियो । हङकङलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले घातक बलिङ गरे । उनले १० ओभरमा मात्रै १८ रन दिँदै ५ विकेट लिए । उनले १० ओभरमध्ये ५ ओभर मेडन फालेका थिए । यस्तै कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राजभण्डारीले १–१ विकेट लिए ।
हङकङका लागि कप्तान अदित गोरावाराले सर्वा्धिक २४ रन बनाए । कल्हान मार्क चल्लुले १९ र रौनक कपूरले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यससँगै नेपाल २८ अगष्टदेखि ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने अण्डर १९ एशिया कप खेल्नका लागि छनोट भएको छ ।
एशिया कपका लागि नेपाल छनोट भएसँगै यसका प्रतिस्पर्धी टिमहरु पूरा भएका छन् । नेपालले एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएइ र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । एशिया कपको तालिका सार्वजनिक भइसकेको छैन ।
प्रतिक्रिया