पठाओ र टुटलका चालकलाई कारवाही सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
पठाओ र टुटलका चालकलाई कारवाही सुरु

सारांश

  • ट्राफिक प्रहरीले प्रयोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ ।
  • आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका छन् ।
  • महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको छ ।

ट्राफिक प्रहरीले प्रयोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ । आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको छ । जरिवानाको चिटमा प्रयोजन विपरीत सवारी चलाएको उल्लेख गरिएको छ । यो कसूरमा २ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

तामाङका अनुसार यात्रु लिन मोटरसाइकल रोक्नेवित्तिकै ट्याक्सी चालकहरुले उनलाई घेरेका थिए । ‘एकैछिनमा ट्राफिक पनि आइपुगे र चिट काटे’, उनले भने, ‘पठाओ हो भन्नेवित्तिकै मलाई ट्राफिक प्रहरीले मान्छे बोक्न पाइदैन भने ।’

ट्याक्सी चालकहरुले भने पुनः भाडामा मान्छे बोके मोटरसाइकल फोडिदिन्छु भनेर धम्की दिएको उनको भनाइ छ । ‘मलाई त यो अवैधानिक हो कि वैधानिक हो भन्ने पनि थाहा थिएन’, उनले भने, ‘अफिसमा गएर बुझ्दा दर्ता भएको भन्ने कुरा आयो । माथि कुरा हुन्छ भनेर भन्नु भएको छ ।’ सिन्धुपाल्चोकका तामाङले विगत ४ महिनादेखि पठाओमा काम गरिरहेका थिए ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकाल भने प्रयोजनदेखि बाहिर गएर सवारी साधन चलाए जोसुकैलाई कारबाही हुने बताउँछन् । उनले भने, ‘नियममै उल्लेख भएको कुरा हो । ट्रकले मान्छे बोकेर हिँड्यो भने कारबाही हुन्छ । बसले बोरा बोकेर हिँडे कारबाही हुन्छ । यस्तो कारबाही हिजो पनि गरिराखेकै थियौं ।’

४ मंसिरमा यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रायोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोके कानून बमोजिम कारबाही गर्ने जनाएको थियो ।

१ माघ २०७५ मा पनि ट्राफिकले यातायात व्यवस्था विभागको अनुरोधमा टुटल र पठाओ सञ्चालनमा रोक लगाएको थियो, जसको जनस्तरबाट व्यापक विरोध भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनपछि टुटल र पठाओमा रोक नलगाउन निर्देशन दिएपछि पुनः सञ्चालनमा आएको थियो ।

(https://inboundrem.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?