उपप्रधानमन्त्री पोखरेलले गरे पदबहाली
सारांश
- काठमाडौं, २० जेठ ।
- नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा अाइतबार पदबहाली गरेका छन् ।
- मन्त्रालयमा पोखरेललाइ प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले स्वागत गरेका थिए ।
काठमाडौं, २० जेठ । नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा अाइतबार पदबहाली गरेका छन् ।
मन्त्रालयमा पोखरेललाइ प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले स्वागत गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक सरकार विस्तार गर्दा रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी थप गरेपछि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
यसअघि उनले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया