त्यो जाली काम गर्ने सिलवाल अहिले कुन पार्टीमा छ ?: देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
२१
|
१८ पटक हेरिएको
Shares
त्यो जाली काम गर्ने सिलवाल अहिले कुन पार्टीमा छ ?:  देउवा

सारांश

  • हेटौंडा, ८ असार ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा नम्बर एक बनाउनुपर्ने बताएका छन्।
  • जिल्ला सभापतिहरुको भेला समापन कार्यक्रमलाई मकवानपुरको हेटौंडामा सम्बोधन गर्दै सभापति देउवाले यसका लागि आजैबाट अहोरात्र खट्ने प्रतिबद्धतासमते व्यक्त गरेका छन् ।

हेटौंडा, ८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा नम्बर एक बनाउनुपर्ने बताएका छन्।

जिल्ला सभापतिहरुको भेला समापन कार्यक्रमलाई मकवानपुरको हेटौंडामा सम्बोधन गर्दै सभापति देउवाले यसका लागि आजैबाट अहोरात्र खट्ने प्रतिबद्धतासमते व्यक्त गरेका छन् ।
‘कुनै पनि हालतमा पार्टीलाई नम्बर वान बनाउनुपर्छ। बहुमत पुग्नेगरी पुरानै अवस्थामा लानुपर्छ। यसका लागि साथीहरु पनि लाग्नुपर्‍यो। म पनि आजैबाट लाग्छु’– देउवाले भने।

देशभरका साथीहरुले निर्वाचनका हारको कुरा गरेको उल्लेख गर्दै यसमा आफ्नो पनि कमजोरी रहेको देउवाको स्वीकारोक्ति थियो। स्थानीय तहदेखि प्रतिनिधि तहसम्म तीनै चुनाव सकिएको करिब एक वर्षपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट वितरणमा गल्ती भएको स्विकारेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत आफ्नो कमजोरी र गल्ती भएको स्विकार्न तयार नभएका देउवा जिल्ला सभापतिको भेलामा आइपुग्दा आफ्नो तर्फबाट टिकट वितरणमा गल्ती भएको स्विकार्ने अवस्थामा पुगेका हुन् । युनाइटेड पाेस्ट साप्ताहिकका अनुसार  यसअघि पार्टी केन्द्रीय समितिको बैठकमा हारको जिम्मेवारी व्यक्तिगतरुपमा आफूले मात्र नलिएर सिङ्गो केन्द्रीय समितिलाई नै हारको जिम्मेवारी लिन लगाएका देउवाले जिल्ला सभापतिको भेलामा आइपुग्दा भने सो कमजोरी आफ्नो तर्फबाट भएको स्विकारेका हुन् ।

यसैबीच प्रधानन्यायाधीशलाई महाभियोग लगाएको सन्दर्भमा सभापतिहरुले बन्दसत्रमा देउवाबाट जवाफ मागेका थिए। देउवाले जाली काम गर्नेलाई सहयोग गरेकाले सुशीला कार्कीलाई महाभियोग लगाउन बाध्य भएको भन्दै जवाफ फर्काएका छन् । देउवाले भने–‘त्यो जाली काम गर्ने सिलवाल (सांसद नवराज सिलवाल) अहिले कुन पार्टीमा छ ? दुईटा कार्यसम्पादन मुल्यांकन बोकेर हिडेको छ।

त्यस्तो कामलाई सदर गरिदिने उही प्रधानन्यायाधीश। त्यसैल बाध्य भएर महाभियोग लगाउनुपर्‍यो।’ सत्य कुरामा धेरैले विश्वास नगर्ने देखिएको देउवाको गुनासो थियो।

सभापति देउवाले निर्वाचनका क्रममा बम विस्फोटमा परी घाइते भएका उदयपुरका सांसद उम्मेदवार नारायण कार्कीलाई पार्टीको केन्द्रीय समितिले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। समापन समारोहमा देउवाले जिल्ला सभापतिहरुको सुझाव पार्टीका लागि निकै महत्वपूर्ण भएको धारणा राखे।

१९ बुँदे हेटौंडा–घोषणापत्र जारी गर्दै नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला समापन भएको छ । मंगलबारबाट हेटौंडामा सुरु भेलाले जारी गरेको घोषणापत्रको पहिलो बुँदामा भनिएको छ ‘पार्टी विधान सम्बन्धि विभिन्न जिल्ला, प्रदेश तथा सामुहिक रुपमा प्रदान गरिएको सुझावहरुलाई मध्यनजर राखी आगामी महासमिति बैठकबाट विधान संशोधन एवं परिमार्जन हुनेमा यो भेला विश्वस्त पार्दछ ।’

प्रतिक्रिया

21 कमेन्ट

    Comment Author

    बिनोद क्षेत्री अतित

    त त झन पागल नै परिस

    Comment Author

    Arun Koirala

    अब सिलुवाल र त मा कुनै तात्विक भिन्नता छैन अाैला नठडायकै राम्राे।

    Comment Author

    Ramkumar Tamang

    कुरा सही हो

    Comment Author

    R Chandra Pathak Simara

    किन र सेरु जि सातैलियो कि क्या हो सिलवाल ज्यु ले …

    Comment Author

    Rk Paul Tmg

    Tyo Jun karmachari sanga Pani baduwa huda kadadau ghus khane Arju Rana Kaha xa van na hau sere

    Comment Author

    Kc Ganesh

    तपाइहरु जस्ता दिउसै अधेरो देख्ने बद्मास मानिस लाई ठिक लाउन तयार परेकाे पाटिमाछन सिलवाल ।

    Comment Author

    Pukar Thapa

    हे मुला जँडया, तेरो काम छैन अब यो मुलुक मा ।

    Comment Author

    Uttam Mahat

    Baakula ko uakhana jastay ho saatama Jana ko lagi nikay jala bunachaua

    Comment Author

    Bikram Neupane

    साचिकै पुर्ब राजाले भनेझैं अ ….म नै रैछ बा

    Comment Author

    Maya Chettri

    एमालेले सत्यको साथ दिए ।आज के पी बाले पार्टी काहाबाट काहापुराए ,तपाईं जाबो DIG को पछि लागेर पार्टी नै सिध्याउनु भयो।मान्नै पर्छ तपाईंको दिमागलाई ।

    Comment Author

    Rai Man

    Bichara Deuwa Makura ko jalo khojdai hideka holan ki,aafai jali vako chahi nadekhne ke hola achamma.

    Comment Author

    Tirtha Prakash Manandhar

    Yuo ta jhan maha jali !

    Comment Author

    Binod Barailee

    नेपाली जनता को साथ मा !!!

    Comment Author

    Man Gurung

    यि बाउसाहेब जँडियालाई पार्टीबाट ननिकाले सम्म काँग्रेस कहिल्यै सुध्रिन।

    Comment Author

    Keshab Bhusal

    kun pate ma chhan talai thachhaina

      Comment Author

      Dinesh Chapagain

    Comment Author

    Kashi Shrestha

    Shere baulayo ki k ho.tin karod jantalai thaha xa silwal kun party ma xa vane kura yo shere lai thaha xaina kasto achamma ho.

    Comment Author

    Krishna Man Nakarmi

    लठेब्राे अध्यक्ष ज्यु।
    कांग्रेस पार्टि मा चैं अवश्य पनि छैंन हैं।

    Comment Author

    Tuladevi Tilija

    Laajnavako saramchara deupaa ajhai ris harako xaina bhugdai xa hau hau hau!bichara.

    Comment Author

    Shyam Dai

    सेरेका दिन गय अब

    Comment Author

    Mingmar Lama

    Ta randi ko xora deuba

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 21
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?