प्रचण्डपूत्रलाइ सम्झदै गीत गाँउदागाँउदै ढलेका जनगायक खुसिराम पाख्रिनको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
प्रचण्डपूत्रलाइ सम्झदै गीत गाँउदागाँउदै ढलेका जनगायक खुसिराम पाख्रिनको मृत्यु

सारांश

  • जिल्लाको केन्द्रीय बसपार्क परिसरमा मंगलबार वाम गठबन्धन आयोजना गरेको चुनावीसभामा सहभागी पाख्रिनलाई असहज भएपछि अस्पताल लाँदै गर्दा बाटोमै निधन भएको मा‌ओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।
  • उनको हृदयघातबाट निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
  • सभास्थलमा रहँदा असहज महसुस भएपछि पाख्रिनलाई नारायण सामुदायिक अस्पताल लगिएको थियो ।

जिल्लाको केन्द्रीय बसपार्क परिसरमा मंगलबार वाम गठबन्धन आयोजना गरेको चुनावीसभामा सहभागी पाख्रिनलाई असहज भएपछि अस्पताल लाँदै गर्दा बाटोमै निधन भएको मा‌ओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । उनको हृदयघातबाट निधन भएको अस्पताल स्रोतले जनाएको छ । सभास्थलमा रहँदा असहज महसुस भएपछि पाख्रिनलाई नारायण सामुदायिक अस्पताल लगिएको थियो ।

सभामा जनगायक पाख्रिनले गीत गाएका थिए । माओ‌वादीले सञ्चालन गरेको सशस्त्र युद्धकालमा पाख्रिनले गाएका ‘भोका नाङ्गा नानीहरु’ गीत निकै चर्चित बनेको थियो । उनी २०३८ सालदेखि जनतालाई चेतना जगाउने गीत लेख्दै गाँउदै र तीनमा संगीत भर्दै हिँडेका थिए । जनताको मूक्तिको सपना देखेर युद्धमा होमिएका खुशीरामले आफ्ना छोरा अमरलाई युद्धकालमै गुमाएका थिए ।

चुनावीसभा सुरु हुनुअघि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र दिवंगत प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Suman Shrestha

    RIP

    Comment Author

    Ramji Dallakoti

    RIP

    Comment Author

    Mathuram Shrestha

    RIP

    Comment Author

    Meha Magar

    Rip

    Comment Author

    Kiran Pandey

    rip

    Comment Author

    Bdy Tamng

    rip

    Comment Author

    Tek Bahadur Shahi

    rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?