पतंजली सुरशाला आइडल जुनियरका बिजेता कोको भए ?
सारांश
- पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी र पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन साथै दोस्रो प्रितम आचार्य भएका छन | सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने आयोजकले जानकारी गराएको छ | सुरशाला फ़ाउण्डेशन र म्युजिक एकेडेमीको आयोजनामा नेपालको पहिलो बाल गायन रियालिटी शो पतंजली सुरशाला आइडल जुनियरको ग्रान्ड फिनाले सम्पन्न भएको छ र बिजेताको नाम घोषणा समेत भैसकेको छ| पतंजली आयुर्वेद प्रा लि नेपालको प्रायोजनमा भएको खोजी बाल प्रतिभाको यस कार्यक्रम ७ महिना पहिला देखि कान्तिपुर टि.

पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी र पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन साथै दोस्रो प्रितम आचार्य भएका छन | सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने आयोजकले जानकारी गराएको छ | सुरशाला फ़ाउण्डेशन र म्युजिक एकेडेमीको आयोजनामा नेपालको पहिलो बाल गायन रियालिटी शो पतंजली सुरशाला आइडल जुनियरको ग्रान्ड फिनाले सम्पन्न भएको छ र बिजेताको नाम घोषणा समेत भैसकेको छ|
पतंजली आयुर्वेद प्रा लि नेपालको प्रायोजनमा भएको खोजी बाल प्रतिभाको यस कार्यक्रम ७ महिना पहिला देखि कान्तिपुर टि.भीबाट प्रसारण भैरहेकोछ| मोडर्न स्कुल भक्तपुरमा अध्यनरत सिन्धुपाल्चोकका आयुस के सी पतंजली सुरशाला आइडल जुनियरको बिजेता बनेका हुन | हुन पतंजलिको तर्फबाट रु ५१, ००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ५०, ०००/- गरि जम्मा नगद रु १ लाख १ हजार नगद प्रुस्कार सहित ३, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरुस्कार जितेका छन् | सी टि भी मोबाइल को तर्फबाट मोबाइल गिफ्ट हयाम्पर पनि जितेका छन् |
यसै गरि ज्ञान निकेतन मा अध्यनरत काठमान्डौका स्रजल महर्जन यु ट्युब मा सबै भन्दा बढी दर्शक भोट पाएर “पब्लिक चोइस अवार्ड” को बिजेता र टप ५ मा तेस्रो स्थान हाँसिल गरी पतंजलिको तर्फबाट रु ३१००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु २०, ०००/ १५, ०००/- गरि जम्मा नगद रु ६६,०००/- नगद प्रुस्कार का सहित १, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरुस्कार जितेका छन् | त्यसै गरि सुनसरीका प्रितम आचार्य दोस्रो स्थान हँसिल गरी पतंजलिको तर्फबाट रु ४१,००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ३०, ०००/- गरि जम्मा नगद रु ७१,०००/- नगद प्रुस्कार का सहित २, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरुस्कार जितेका छन् | क्रमश चितवनका अद्दित्य राज ढकाल चौथो र पोखराकी ममता गुरुङ पाँचौं स्थान मा परि सुरशालाको तर्फबाट नगद रु १०/१० हजार, गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति र CTV Mobile World Apple World का तर्फबाट मोबाइल गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् | साथमा रेबेल क्रियशनको तर्फबाट पतंजली सुरशाला आइडल जुनियर टप १० लाइ नै गीति अल्बम र टप ५ लाइ म्युजिक भिडियो को अवसर , लोकप्रिय संगीतकार आलोक श्री का तर्फबाट टप ७ लाइ गीति अल्बम को अवसर पाउनेछन |
देशका विभिन्न स्थानहरुबाट ७ बर्ष देखि १६ वर्ष भित्रका १५ सयभंन्दा बढी प्रतिभाशाली बाल सहभागीहरुले अडिशन दिएका थिए र उनीहरु मध्यबाट टप १० हुँदै उत्कृष्ठ ५ को छनोट भएको थियो | रसियन कल्चर सेन्टरमा बरिष्ठ गायक प्रेम ध्वजको प्रधान ज्युको प्रमुख आतिथ्यमा टप ५ पतंजली सुरशाला आइडल जुनियरले जोडदार प्रस्तुति दिएका थिए जहाँ दर्शक दिर्गाबाटै पटक पटक उठेरै तालीले सम्मान समेत पाएका थिए | कार्यक्रममा संगीत साहित्य र कला क्षेत्रका बिशिष्ठ अतिथिज्युहरु उपस्थिति थियो बरिष्ठ गीतकार रत्न शमशेर थापा, गीतकार फिल्म निर्माता यादव खरेल, गीतकार राजेन्द्र थापा, बरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, महेश खड्का, गायक रामकृष्ण ढकाल ,प्रमोद खरेल, नरहरि प्रेमी तिलक बम मल्ल, स्मिता घिमिरे लगायत, विभिन्न क्षेत्रका बिशिष्ठ व्यक्तित्व, अविभावक हरुको उपस्थित थियो | यस कार्यक्रमका मुख्य निर्णायक गायक हेमत शर्मा, राज सिग्देल र जुन प्रसाईं हुनुहुन्थ्यो |
पतंजली सुरशाला आइडल जुनियर कार्यक्रम का निर्देशक गायक गायक अमृत छेत्रीले सुरशाला आइडल जुनियर सम्पूर्ण टीमलाई धन्यबाद दिदै सुरशाला फ़ाउण्डेशन निरन्तर बालबालिकाहरुको प्रतिभाको खोजि गर्ने र उनीहरुलाई संगीतको ब्यबहारिक शिक्षा र अवसर प्रदान गर्ने बताउनुभयो र साथमा यस पहिलो कार्यक्रमको अपार सफलता पछि सुरशाला आइडल जुनियर दोस्रो छिटै शुरु हुनेघोषणा समेत गरेका छन |कार्यक्रमको सम्पूर्ण ब्यबस्थापन सुरशालाबाट श्रीमती संगीता छेत्रीले गर्नुभएको थियो |
प्रतिक्रिया