अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा
सारांश
- भरतपुर।
- पहिरो खसेर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।
- चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो।
भरतपुर। पहिरो खसेर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।
पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया