सेना र कर्मचारीले निकुञ्जका माछा खान नपाउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सेना र कर्मचारीले निकुञ्जका माछा खान नपाउने

सारांश

  • चितवन, २ वैशाख, चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको छ ।
  • मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा पोष्टलगायतका स्थानमा पोखरी र नदीका माछा खान वैशाख १ गतेदेखि पूर्ण प्रतिबन्ध लगाइएको हो ।
  • निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालकाअनुसार निकुञ्जका कुनैकुनै पोष्टमा त्यहीँका कर्मचारीले तयारी जाल प्रयोग गर्न दिएको वा बेवास्ता गरी माछासमेत खाने गरेको गुनासो आएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको हो ।

चितवन, २ वैशाख, चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको छ ।

मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा पोष्टलगायतका स्थानमा पोखरी र नदीका माछा खान वैशाख १ गतेदेखि पूर्ण प्रतिबन्ध लगाइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालकाअनुसार निकुञ्जका कुनैकुनै पोष्टमा त्यहीँका कर्मचारीले तयारी जाल प्रयोग गर्न दिएको वा बेवास्ता गरी माछासमेत खाने गरेको गुनासो आएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको हो । ढकालले भन्नुभयो, “कुनै ठाउँमा कर्मचारीले नै जाल प्रयोग गर्न दिएर आधाआधा माछा भागबण्डा गरेको भन्ने गुनासो आएपछि यो निर्णय गरिएको हो ।”

नदीहरुमा रहेका माछा दुर्लभ जलचर गोहीको मुख्य आहारा हो । माछा घटेमा गोहीको संख्या घट्दै जाने भन्दै निकुञ्जले नदीमा ठूला जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ भने इजाजत भएकालाई मात्रै सानो जाल प्रयोग गर्न दिइएको छ । निकुञ्जअन्तर्गत ३५० जना कर्मचारी छन् भने सुरक्षार्थ एक हजार नेपाली सेना निकुञ्जमा बस्दछन् ।

निकुञ्जका ५७ स्थायी पोष्टमा निकुञ्जका कर्मचारी र नेपाली सेना आवासीयरुपमा नै बस्ने गर्दछन् । निकुञ्जले यसअघि नै यी ठाउँहरुमा बंगुरको मासु खान प्रतिबन्ध लगाएको छ ।

प्रमुख संरक्षण अधिकृत ढकालले नदीमा माछा मार्नेक्रम निरुत्साहित गर्न यो अभियान थालेको बताउनुभयो । निकुञ्ज संरक्षणमा परिचालन भएका कर्मचारी र सेना बढी जिम्मेवार हुनुपर्ने भएकाले यस्तो निर्णय गर्नुपरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रे क्षेत्रनम्बर २ को मतगणना रोकियो, मुचुल्काभन्दा १०० बढी मतपत्र भेटियो
काभ्रे क्षेत्रनम्बर २ को मतगणना रोकियो, मुचुल्काभन्दा १०० बढी मतपत्र भेटियो
आज सुनचाँदीको मूल्य स्थिर
आज सुनचाँदीको मूल्य स्थिर
देउवाको पक्षमा १६५, विपक्षमा ८३ मत
सेवानिवृत्त भई घर जानै लाग्दा आइजी ज्ञवालीद्वारा ३६ एसपीको सरुवा
सेवानिवृत्त भई घर जानै लाग्दा आइजी ज्ञवालीद्वारा ३६ एसपीको सरुवा
श्रीमान्-श्रीमतीलाई नै संसद् नबनाउन माग
श्रीमान्-श्रीमतीलाई नै संसद् नबनाउन माग
पवन जल्लाद – चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
पवन जल्लाद – चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
प्रदेश सांसदको दवावमा हनुमन्ते करिडर निर्माण रोकिदाँ वर्षामा बाँढीले डुबाउला भन्ने त्रासमा स्थानीय
प्रदेश सांसदको दवावमा हनुमन्ते करिडर निर्माण रोकिदाँ वर्षामा बाँढीले डुबाउला भन्ने त्रासमा स्थानीय
संसदले दिलाए नेपाललाई लागातार दुई सफलता, अफगानिस्तानकाे छैटाैँ विकेटकाे पतन !
संसदले दिलाए नेपाललाई लागातार दुई सफलता, अफगानिस्तानकाे छैटाैँ विकेटकाे पतन !
भारतसँग युद्ध हुन सक्ने इमरान खानको चेतावनी
भारतसँग युद्ध हुन सक्ने इमरान खानको चेतावनी
नेपाली कांग्रेसले तोक्यो ४४ जिल्लामा चुनावी कमान्डर , हेर्नुहोस् नाम लिस्टसहित
नेपाली कांग्रेसले तोक्यो ४४ जिल्लामा चुनावी कमान्डर , हेर्नुहोस् नाम लिस्टसहित

तपाईंले छुटाउनुभयो कि?