पत्नीलाई जबर्जस्तीकरणी गरेको भन्दै पति थुनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पत्नीलाई जबर्जस्तीकरणी गरेको भन्दै पति थुनामा

सारांश

  • काठमाडौं ।
  • ताप्लेजुङमा आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
  • ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

काठमाडौं । ताप्लेजुङमा आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गएको असोज ८ गते आफ्नो इच्छा नहुँदा नहुँदै जबर्जस्तीकरणी गरेको भन्दै उनकी श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी दिएपछि उनलाई पुस ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका युवकलाई अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गरेपछि अदालतले थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?