प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
४७ पटक हेरिएको
Shares
प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत

सारांश

  • काठमाडौँ ।
  • लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत गरिएको छ ।
  • युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार लोकराज अवस्थी (बझाङ), विमल ज्ञवाली (रुपन्देही), देवेन्द्र बस्नेत (दाङ) र रेखा भुसाल (रुपन्देही)लाई केन्द्रीय सदस्य पदमा मनोनीत गरिएको हो ।

काठमाडौँ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत गरिएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार लोकराज अवस्थी (बझाङ), विमल ज्ञवाली (रुपन्देही), देवेन्द्र बस्नेत (दाङ) र रेखा भुसाल (रुपन्देही)लाई केन्द्रीय सदस्य पदमा मनोनीत गरिएको हो ।

युनियनका महासचिव दिलीप पौडेलले युनियनको विधानको परिधिमा रहेर पदीय जिम्मेवारीअनुसार सङ्गठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्ने अपेक्षा युनियनले लिएको बताए । लम्साल विसं २०७९ साउनमा हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएको थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?