पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखे सम्बन्ध बिच्छेद , यस्तो छ सम्बन्धविच्छेदको व्यवस्था

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
४१ पटक हेरिएको
Shares
पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखे सम्बन्ध बिच्छेद , यस्तो छ सम्बन्धविच्छेदको व्यवस्था

सारांश

  • काठमाण्डौ,३१ साउन  ।
  •    भदौ १ शुक्रबार बाट लागु हुने गरी तयार भएको मुलुकी देवानी संहिता ऐनमा पनि पत्नीको सम्बन्ध र दायित्वको रुपमा आपसी सद्भाव हुनुपर्नेमा जोड दिइएको छ ।
  • पुरुष र महिलाबीच विवाह भएमा त्यस्तो वैवाहिक सम्बन्ध कायम रहेसम्म निजहरू एक अर्काको पति र पत्नीको रूपमा रहेको मानिने उल्लेख छ ।

काठमाण्डौ,३१ साउन  ।   भदौ १ शुक्रबार बाट लागु हुने गरी तयार भएको मुलुकी देवानी संहिता ऐनमा पनि पत्नीको सम्बन्ध र दायित्वको रुपमा आपसी सद्भाव हुनुपर्नेमा जोड दिइएको छ । पुरुष र महिलाबीच विवाह भएमा त्यस्तो वैवाहिक सम्बन्ध कायम रहेसम्म निजहरू एक अर्काको पति र पत्नीको रूपमा रहेको मानिने उल्लेख छ ।

ऐनको विवाहको परिणामसम्बन्धी व्यवस्था अन्तर्गत दफा ८५ मा पति पत्नीको विवाहिक जीवन आपसी सद्भाव र प्रेममय हुनुपर्ने उल्लेख गरिएको छ । यस्तै आपसी समझदारीबाट अन्यथा व्यवस्था भएकोमा बाहेक पति र पत्नी सँगै बसी पारिवारिक जीवन स्थापना गरी जीवनयापन गर्नु पनि उल्लेख गरिएको छ । यस्तै उपदफा ४ मा पति र पत्नीले एक अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नु पर्ने भन्दै पत्नी पतिकै घरमा बस्नुपर्ने भनिएको छ ।

ऐनमा भनिएको छ, “पति र पत्नीले आपसी समझदारीमा छुट्टै बासस्थान निर्धारण गरेकोमा बाहेक पत्नीको वासस्थान पतिको घरमा कायम भएको मानिनेछ ।”

देवयानी संहिता एनेको दफा ९३ मा सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्थामा पती पत्नी दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सकिने उल्लेख गरिएको छ । दफा ९४ मा पतिले विभिन्न ४ अवस्थामा सम्बन्ध विच्छेद गर्न सक्ने उल्लेख गरिएको छ । यस्तो अवस्थामा पतिले पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सकिने उल्लेख गरिएको छ ।

पतिले सम्बन्ध विच्छेद गर्न चाहे तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्ध बिच्छेद गर्न सक्नेछन् ।

तर कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा भने पतिले यो छुट नपाउने ऐनमा उल्लेख गरिएको छ । ऐनको दफा ९५ मा पत्नीले सम्बन्ध विच्छेद गर्न चाहेमा पत्नीले पनि विभिन्न ६ अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेदको निर्णय लिन सकिने उल्लेख गरिउको छ ।

जसमा लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा र पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा पनि सम्बन्ध बिच्छेदको छुट दिएको छ ।यसैगरी पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पनि पत्नीलाई सम्बन्ध बिच्छेदको छुट दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?