पत्रकारकाे फेक अाइडि बनाएर अस्पताललाइ हप्ताकाे पाँचहजार मागेपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
पत्रकारकाे फेक अाइडि बनाएर अस्पताललाइ हप्ताकाे पाँचहजार मागेपछि…

सारांश

  • कपिलबस्तु, २९ असाेज ।
  •   २ दिन देखि सामाजिक सञ्जालमा भाइरल भइरहेको पत्रकारले एक अस्पताल सँग हप्ताको ५ हजार मागेको म्यासेन्जर कृर्ते भएको छानबिन समितीले ठहर गरेको छ ।
  •   प्रतिबेदन बुझाउदै समितीले यस्तो ठहर गरेको हो ।

कपिलबस्तु, २९ असाेज ।  २ दिन देखि सामाजिक सञ्जालमा भाइरल भइरहेको पत्रकारले एक अस्पताल सँग हप्ताको ५ हजार मागेको म्यासेन्जर कृर्ते भएको छानबिन समितीले ठहर गरेको छ ।  प्रतिबेदन बुझाउदै समितीले यस्तो ठहर गरेको हो । प्रतिबेदनमा भनिएको छ ‘ यहि मिति २०७५ साल असोज २६ गते शिवराज नगरपालिका वडा नं ५ बस्ने विजय जैसवालले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा नेपाल पत्रकार महासंघका सदस्य तथा दर्शन न्यूज र मेरो साथी एफएमका व्यवस्थापक चिन्ता बहादुर दर्जी परियारले शिवराज नगरपालिका ५ स्थित चन्द्रौटा हस्पिटल प्रा.लि.का संचालक मायादेवी गाउँपालिका वडा नंं ९ बस्ने अब्दुल अलिम संग समाचार प्रकाशन बारे रकम बार्गेनिङ गरेको म्यासेन्जर च्याट सहित प्रेषित गरेपश्चात शाखाले २०७५ साल असोज २७ गते पत्रकार महासंघ कपिलवस्तु शाखाद्धारा घटना छानबिनका लागि पत्रकार महासंघ केन्द्रिय सदस्य बसन्त गिरीको संयोजकत्वमा महासंघ प्रदेश नं. ५ का सदस्य मनोज कुमार श्रीवास्तव, पत्रकार महासंघ जिल्ला अध्यक्ष डिलाराम भुसाल सदस्य रहेको समितिले प्रतिवेदन बुझाएको छ ।

उक्त प्रतिवेदनको ठहर अनुसार समितिले गरेको प्रत्यक्ष सोधपुछ तथा जानकारीका क्रममा विजय जैसवालले आफ्नो फेसबुक वालमा पोष्ट गरेको च्याट अस्पताल संचालक बाट आएको भन्ने बयान दिएको तर कहाँ बाट आयो भन्ने बारे मोबाइलमा देखाउन नमानेको, अस्पताल संचालक अब्दुल अलिमले अस्पताल दर्ता नभएको स्वीकारेको, आफुले फेसबुक नचलाउने बयान दिएको, परियार संग प्रत्यक्ष भेटमा विज्ञापन बारे कुराकानी भएपनि फेसबुक च्याटमा कुनै कुराकानी नभएको र अर्कै व्यक्ति (भारतीय) तनविर संग कुराकानी गरेको तर के कुराकानी भयो यसबारे थाहा नभएको, २ दिन सम्म अलिमले तनविर भन्ने व्यक्तिलाई सम्पर्क नगराएको तथा पत्रकार परियारको फेसबुक र म्यासेन्जरमा अलिम, तनविर तथा विजय जैसवाल संग कुनै कुराकानी नभएको भेटिएको हुदा विजय जैसवालले फेसबुक वालमा प्रेषित गरेको उक्त म्यासेन्जर च्याट किर्ते भएको छानबिन समितिको ठहर छ ।

पत्रकार परियार तथा जैसवाल बिच विगत लामो समय देखि व्यक्तिगत द्धन्द्ध भएको र सोहि रिसिइभीका आधारमा परियारको चरित्र हत्या गर्ने उद्धेश्यले गरिएको उक्त किर्ते पद्धतीको पत्रकार महासंघ घोर आपत्ती प्रकट गर्दछ । उक्त घटनाबाट पत्रकार परियारको सामाजिक, मानसिक पीडा प्रति महासंघ दुखः व्यक्त गर्दै किर्ते विवरण सामाजिक संजालमा हाल्ने विजय जैसवाललाई विद्युतिय अपराध ऐन अनुसार हदै सम्मको कारवाहीका लागि पत्रकार महासंघ सम्बन्धित निकाय संग जोडदार माग गर्दछ । साथै पत्रकारका विषयमा सामाजिक संजालमा केहि दिन यता भइरहेको उछ्रङ्खल र असभ्य टिका टिप्पणी तथा आरोप प्रति महासंघ गम्भीर बनेको छ । सामाजिक संजाल प्रयोगकर्ताले आवश्यक प्रमाण तथा आधार बिना लगाइने आरोप तथा टिकाटिप्पणी प्रति नसच्चिए कानूनी उपचार खोज्न महासंघ बाध्य हुने यसै विज्ञप्ती मार्फत अवगत गराउछौ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?