पत्रकारको तलब पचास प्रतिशत वृद्धि गर्न महासंघको माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
पत्रकारको तलब पचास प्रतिशत वृद्धि गर्न महासंघको माग

सारांश

  • काठमाडाै,२८ मंसिर।
  • नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने लगायतका १६ बुँदे मागसहित सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ।
  •  महासङ्घका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्षद्वय विपुल पोखरेल र दिलिप थापामगर तथा महासचिव रमेश विष्टलगायतको एक टोलीले  मन्त्री बास्कोटालाई भेट गरी पत्रकारको तलब ५० प्रतिशतले वृद्धि गर्नुपर्ने, मिडियामा लगानी पारदर्शी हुनुपर्ने, नेपाली मिडियालाई उद्योगको मान्यता दिँदै सुविधासमेत दिनुपर्ने लगायतका माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो।

काठमाडाै,२८ मंसिर। नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने लगायतका १६ बुँदे मागसहित सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासङ्घका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्षद्वय विपुल पोखरेल र दिलिप थापामगर तथा महासचिव रमेश विष्टलगायतको एक टोलीले  मन्त्री बास्कोटालाई भेट गरी पत्रकारको तलब ५० प्रतिशतले वृद्धि गर्नुपर्ने, मिडियामा लगानी पारदर्शी हुनुपर्ने, नेपाली मिडियालाई उद्योगको मान्यता दिँदै सुविधासमेत दिनुपर्ने लगायतका माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र बुझ्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले सरकारले पत्रकारको तलब २५ प्रतिशतले वृद्धि लगायतका महत्वपूर्ण कामहरु गरेको उल्लेख गर्दै महासङ्घले राखेका मागलाई सम्बोधन गर्नका लागि आफूले सक्दो प्रयास गर्ने बताए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको प्रदेश १ र २ को नेतृत्वको लागी दाबेदारहरु
नेकपाको प्रदेश १ र २ को नेतृत्वको लागी दाबेदारहरु
लागुऔषधको हव बन्दै जुम्ला,१८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै
लागुऔषधको हव बन्दै जुम्ला,१८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै
मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक
मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक
चितवन पुगेर प्रचण्डले गरे यस्तो खुलासा
चितवन पुगेर प्रचण्डले गरे यस्तो खुलासा
भरतपुर  वडा नं १९ मा माओबादी केन्द्रले कांग्रेसलाई सघाउने सहमति !
भरतपुर वडा नं १९ मा माओबादी केन्द्रले कांग्रेसलाई सघाउने सहमति !
एक सय गोही राप्तीमा छाडियो, गाेहीकाे संख्या कति ?
एक सय गोही राप्तीमा छाडियो, गाेहीकाे संख्या कति ?
राष्ट्रकवि घिमिरेदेखि मह जोडी, रबि, सन्दीप लामिछानेसम्मको मुख बंगाइदिएपछि…
राष्ट्रकवि घिमिरेदेखि मह जोडी, रबि, सन्दीप लामिछानेसम्मको मुख बंगाइदिएपछि…
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन