बि.सं.२०७४ साल माघ १३ गते शनिवारको राशिफल

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
६१ पटक हेरिएको
Shares
बि.सं.२०७४ साल माघ १३ गते शनिवारको राशिफल

सारांश

  • मेष राशिः मेष राशि हुनेहरुको लागि आज दिन वाणीमा कुशलता आउने योग परेको दिन छ ।
  • बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ ।
  • व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।
मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिन वाणीमा कुशलता आउने योग परेको दिन छ । बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसैकसैलाई परदेशी घर फर्कने र घरपरिवारमा  रमाइलो वातावरण छाउने छ । औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्ने छ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन यहाँको लागि राहतपूर्ण रहेको छ । स्वजनबाट सहयोग मिल्नेर सुखशान्ति एवम् समृद्धि बढ्ने देखिन्छ । तुलनात्मक रुपमा दिन अनुकूल रहेकोले व्यवसायिक प्रगति हुने तथा लाभ एवम् सफलता मिल्ने देखिन्छ । खुशीयाली छाउने र सहकर्मी तथा साथीभाईबाट सम्मान तथा समर्थन एवम् सहयोग प्राप्त हुनाले सन्तोषले शान्ति मिल्ने छ । नयाँ उद्यम तथा व्यवसायको बारेम सोँच–विचार एवम् लगानीको गर्ने प्रस्ताव वा विचार आउनसक्नेछ । आज यहाँलाई एक अंक, रातो रङ्ग उपयोग गर्नु र अढैया शनिको दुस्प्रभाव कम गर्न शनि भगवानको श्रद्धाभक्ति बढाउनु शुभप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन सजिलोसँग काम भइहाल्न अल्लि गार्हो पर्ने देखिएको छ । आकस्मिक रुपमा खर्चका बहानाहरु बढ्ने र काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नपर्ने हुनसक्ने छ । अपेक्षित काममा सोँचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । केही हैरानीको बाबजुत पनि नियमित कार्यमा आंशिक लाभ मिल्नेछ भने योजनाभित्र नरहेको काम बनेर आर्थिक लाभ हुनसक्ने कुरालाई भने नकार्न सकिन्न । मान्यजनलाई भेट्गर्नको लागि यात्रा गर्नु, व्यवहारिक भूमिका निर्वाह गर्नु आदिमा खर्चको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । भगवान हनुमानदेवको दर्शन भक्ति गर्नु यहाँको लागि आज शुभकर हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल देखिएको छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने तथा परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिने छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिनसकिने छ । प्रेम वा विवाहको प्रस्ताव आउनसक्ने छ । समर्थक तथा सहयोगी बढ्ने र प्रशंसा पनि मिल्ने छ । कर्मक्षेत्रमा सफलता हातपार्न सकिने छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग शुभ हुनेछ भने भगवान हुनमानदेवको श्रद्धाभक्तिले थप सफलता मिल्नेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज दिन गोचरले राम्रो साथ दिएको छ । दीगो कार्यको थालनीको विषयमा विचारविमर्श एवं योजना गर्न सकिने छ । आफन्तीहरुको सहयोग मिल्ने हुनाले महत्त्वपूर्ण कार्य सम्पादन गर्नसकिने छ । वरिष्ठवर्गसँग संपर्क स्थापित हुनाले केही महत्त्वाकांक्षी मनोविज्ञान बढ्ने पनि सम्भावना देखिन्छ । व्यवसायले प्रसिद्धि पाउने छ । राजनीति, समाजसेवा तथा नोकरी आदि क्षेत्रमा क्षणिकरुपमा प्रतिष्ठा तथा जिम्मेवारी थपिनसक्ने छ भने उपयुक्त मानसम्मान प्राप्ति हुनेछ । आज यहाँलाई एक अङ्क, रातो तथा हरियो रङ्गको प्रयोग र गरीब दीःनदुःखीहरुको सेवामा योगदान गर्नाले थप सफलता मिल्ने छ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन मनमा धर्मकर्म तथा अध्यात्मिक आस्तिक भावना बढ्ने छ । धार्मिक कार्य सम्पादन गर्नसकिने छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज तपाईलाई नौ अंक पहेलो रंगको प्रयोग र धार्मिक आश्रम आदिलाई सहयोग गर्नु शुभप्रद हुनेछ भने विद्वान गुरुजनको आर्शिवाद लिनु हितकर हुनेछ ।

तुला राशिः
तुला राशिहुने हरुको लागि आजको दिन विपरित महसूस हुनसक्ने छ । बोलिचाली एवं जनव्यवहारमा सोँचविचार र सावधानी अप्नाउनु पर्ने देखिएको छ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन परिशानी आदि स्थिति सृजना हुनसक्ने गोचरको प्रभाव छ । अपेक्षा गरिएको तथा प्राप्त भएको आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या रहनसक्ने छ । दीर्घरोगीहरुले विशेष ध्यान गर्न जरुरी छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै सोँचविचार नभएको काम बनेर केही राहत मिल्नेछ । आज यहाँले गुरुजन तथा इष्टदेवको श्रद्धाभक्ति बढाउनु शभदायक हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागिआजको दिन रङ्गराग एवं आमोद–प्रमोदको ईच्छा बढाउने गोचर छ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने छ, होस पुर्याउनु जरुरी देखिन्छ । सोँचेजति नभएपनि केहीहद्सम्म व्यवसाय तर्फ उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा सामेल  हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ तर, सावधानी अप्नाउनु उचित हुनेछ । प्रेमप्रसङ्गमा असमझदारी आउनसक्ने छ । आज यहाँको लागि सात अंक, सेतो रङ्गको प्रयोग गर्नु फापकर हुनेछ भने साढेसाती शनिको दुष्प्रभाव भोगिरहनु भएको यहाँले शनिशान्तिको उपाय अवलम्बनको साथमा भगवान हनुमानको स्तुति आराधना गर्नु शुभप्रद हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक बलबृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउनसकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्रमा क्रियाशील हुन थप हिम्मत र साहस बढ्ने छ । यहाँको लागि आज छ अङ्क, हरियो रङ्गको प्रयोगको साथमा भगवान गौरीशङ्करको श्रद्धाभक्ति एवं उपाशना थप सफलता कारक हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक बलबृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउनसकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्र क्रियाशील हुन थप हिम्मत र साहस बढ्ने छ । आज साढेसाती शनिको दुष्प्रभाव निवारणको लागि उपयुक्त उपाय अवलम्बन गर्नु तथा गरीब दीःनदुःखीजनको सहयोगार्थ दानदातव्य गर्नु तपाईको लागि विशेष शुभकर हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन पारिवारभित्र तथा स्वजन र छिमेकीसँग असमझदारी बढ्नसक्ने छ । कामकार्यमा अबरोध आइलाग्न सक्ने हुनाले संयम र होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । विद्याको घमण्ड गर्दा तथा वाकचतुर्याई गर्न खोज्दा आफैलाई हानी हुने सम्भावना छ ख्याल पुर्याउनु होला ।समझदारी हुन गार्हो देखिएकोले वार्ता निस्कर्षहीन हुनसक्ने सम्भावना रहेको छ । दिन विपरित रहेकोले हतारमा होस गुमाउने र फुर्सदमा पछुताउने सम्भावना देखिन्छ, समयमै सावधनी अप्नाए सम्भावित पश्चातापबाट बच्नसकिने छ । शङ्काले लङ्का जलाउने जस्तो पर्नसक्छ निकै विचार पुर्याएर व्यवहार गर्नुहोला । धैर्यगर्नाले थोरै भएपनि उपलब्धि हात पार्नसकिने छ ।
मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन शारीरमा बल तथा जाँगर बढ्ने र कामकाजमा मनग्य मनलाग्ने छ ।  परिश्रमले सफलता पनि मिल्नेछ भने नविन कार्ययोजनाको जमर्को हुन जानेछ । व्यवसायिक प्रगती तथा लाभ हुने र सन्तुष्टि मिल्नेछ । सहयोग पनि प्राप्त गर्नसकिने छ भने परिश्रमले सफल भैनेछ । प्रतिस्पर्धा तथा खेलकुद आदिमा सफलता मिल्ने छ भने अभिष्ट कार्य सिद्धि हुनेछ । पुरुषार्थ गर्नसकिने छ भने सफलता आदिको कारणले केही महत्त्वाकांक्षा पनि बढाउने छ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउनेछ । आज तीन अङ्क, हरियो रङ्गको प्रयोग गर्नु फापकर हुनेछ भने भाइबहिनीलाई सहयोग गर्नुले विशेष महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध
एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध
प्रदीप खड्का र आना शर्मा बने नेपालको सद्भावना दूत: दिल्लीमा चलचित्र प्रवर्द्धनको नयाँ जिम्मेवारी
प्रदीप खड्का र आना शर्मा बने नेपालको सद्भावना दूत: दिल्लीमा चलचित्र प्रवर्द्धनको नयाँ जिम्मेवारी
पूर्व अध्यक्ष पीडितलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार
पूर्व अध्यक्ष पीडितलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार
पुटिनको यात्राः  यि हुन जासुसदेखि चाैंथो पटक राष्ट्रपति बनेका
पुटिनको यात्राः यि हुन जासुसदेखि चाैंथो पटक राष्ट्रपति बनेका
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
किशोरीको बलात्कार प्रयासगर्ने इन्जिनियर पक्राउ
किशोरीको बलात्कार प्रयासगर्ने इन्जिनियर पक्राउ
छानबिन समितिको प्रतिवेदन पेश भयो
छानबिन समितिको प्रतिवेदन पेश भयो
मन्त्रिपरिषद् विस्तार आज गर्छु  : देउवा
मन्त्रिपरिषद् विस्तार आज गर्छु : देउवा
प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर
प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर