सरकारले बृद्ध भत्ता बढाउने, ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
२८ पटक हेरिएको
Shares
सरकारले बृद्ध भत्ता बढाउने, ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य

सारांश

  • काठमाडौं ।
  • सरकारले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य दिने र बृद्धभत्ता बढाइने बताएको छ ।
  • अर्थमन्त्री डा.

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य दिने र बृद्धभत्ता बढाइने बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अभियानले संविधानको मौलिक हक कार्यान्वयनका लागि सामाजिक सुरक्षाका कार्यक्रमलाई जोड दिइएकाले बृद्धभत्ता बढाइने बताए ।

विगतमा आफ्नो पार्टी सरकारमा हुँदा शुरु गरिएको वृद्धभत्ता अर्को श्रृंखला अभियान भएको जनाउँदै आमाको गर्भमा बच्चा रहँदादेखि नै हेरबिचार गर्न सरकारले प्रयास थालेको बताए ।

सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको स्पष्ट गर्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिक र गरीबीको रेखामुनि रहेका विपन्न नागरिकको निःशुल्क बीमा गर्न सरकारले सहयोग गर्ने बताए।

स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्न २ हजार वडा कार्यालयमध्ये १२ सयमा स्वास्थ्य चौकी निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । स्वास्थ्य बीमा कार्यक्रमले गरीबी हटाउने भएकाले यसमा आवद्ध हुनै आह्वान गर्दै अधिकतम् उपयोग गर्न आग्रह गर्दै, “सबैले बैंक खाता खोलौँ, खोल्नका लागि सय रुपैयाँ बैंकले सहयोग गर्छ । बाँकी सय रुपैयाँ छोराछोरीसँग मागेर चलाउनुस् । पैसा सन्दुसमा ताला लगाएर होइन, बैंकमा राख्नुस् ।”

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक गणेशप्रसादकुमार पोखरेलेका अनुसार २०७२ मा कैलालीबाट शुरु भएको स्वास्थ्य बीमा हाल ४२ जिल्लामा पुगेको र बाँकी जिल्लामा क्रमशः विस्तार हुनेछ । बीमा कार्यक्रममा हालसम्म १६ लाख नागरिक आबद्ध भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?