सिके राउतका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ
सारांश
- जनकपुर २८,असोज।
- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
- मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आज पक्राउ गरेको हो।
जनकपुर २८,असोज। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आज पक्राउ गरेको हो।
उनीहरु रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाइको माग गर्दै मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए।
कार्यालयको प्रवेशद्वारमै सुरक्षाकर्मीले के विषयमा ज्ञापनपत्र बुझाउन आएको सोधेपछि उनीहरुले आफूहरु सिके राउतको समर्थक रहेको बताएका थिए। सो लगत्तै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। रासस
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया