रारा तालमा फोरजी सेवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
४४ पटक हेरिएको
Shares
रारा तालमा फोरजी सेवा

सारांश

  • नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ ।
  • नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो ।
  • बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारा पुग्नुभएका नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर प्रेमबहादुर क्षेत्रीले बताउनुभयो ।

नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ ।

नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो । बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारा पुग्नुभएका नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर क्षेत्रीसहित चार जनाको टोली अहिले फोरजी सेवा सञ्चालन गर्न रारामै रहेको छ । उहाँले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर टेलिकमले दु्रत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

चाइना कम्युनिकेशन सर्भिसेस इन्टरनेशनलले जिम्मा लिएको उक्त फोरजी सेवा कर्णाली प्रदेशका सुर्खेतमा १५ टावर र दैलेखमा दुई टावर निर्माण गरी रारा तालमा समेत जडान गरिएको इञ्जिनीयर क्षेत्रीले जानकारी दिनुभयो । टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको हो । उहाँका अनुसार एक हजार ८०० मेगाहर्जमा फोरजी सेवा शुरु गरिएको छ ।

“रारा आउने पर्यटकलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याएका हौँ”, पोखरेलले भन्नुभयो, “यो सेवाले रारामा पुग्ने पर्यटकलाई सामाजिक सञ्जाल प्रयोग गर्न, आफूले खिचेका फोटो तथा भिडियो तत्काल सामाजिक सञ्जालमा राख्न सहज हुनेछ ।” फोरजी सेवा सञ्चालनमा आएसँगै रारा आउने पर्यटक र विकट मुगुका बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी पीडितको समस्या समाधान गर्न माग
सहकारी पीडितको समस्या समाधान गर्न माग
काभ्रेमा पहिरोले पुरिएर एक बालकको मृत्यु !
काभ्रेमा पहिरोले पुरिएर एक बालकको मृत्यु !
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
आफुलाई मन लागेको बेला मर्न पाइने कि नपाइने ? सर्वोच्चले खोज्यो बिज्ञको टोली
आफुलाई मन लागेको बेला मर्न पाइने कि नपाइने ? सर्वोच्चले खोज्यो बिज्ञको टोली
सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता
सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता
श्रीलंकामा अनुहार छोपिने पहिरहन लगाउन प्रतिबन्ध
श्रीलंकामा अनुहार छोपिने पहिरहन लगाउन प्रतिबन्ध
अर्गानिक गाउँको रुपमा परिचित हुँदै मैदी गाउँ
अर्गानिक गाउँको रुपमा परिचित हुँदै मैदी गाउँ
पराजुलीमाथिको छानबिन सत्य र तथ्यगत रुपमा निर्णय हुने : गोविन्द केसी
पराजुलीमाथिको छानबिन सत्य र तथ्यगत रुपमा निर्णय हुने : गोविन्द केसी
नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!
नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!
आज दलहरुबीच सरकार ढाल्ने चलखेलदेखि संशोधन विधेयक असफल पार्न सांसद किनबेच भएकोबारेमा चर्चा
आज दलहरुबीच सरकार ढाल्ने चलखेलदेखि संशोधन विधेयक असफल पार्न सांसद किनबेच भएकोबारेमा चर्चा