पत्रकार महिला रञ्जु दनुवारको उपचार सहयोगका लागि महासंघको आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३० पटक हेरिएको
Shares
पत्रकार महिला रञ्जु दनुवारको उपचार सहयोगका लागि महासंघको आग्रह

सारांश

  • काठमाडौं, २१ साउन ।
  • नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले उदयपुरका क्रियाशील पत्रकार महिला रञ्जु दनुवारको सहयोगका लागि आग्रह गरेको छ ।
  • महासंघका कोषाध्यक्ष राजेश मिश्रले सबै जिल्ला शाखा, प्रतिष्ठान शाखा, एसोसिएट संस्था, वैदेशिक शाखाहरुलाई अपील जारी गर्दै गम्भीर प्रकृतिको रोगबाट ग्रसित भई दनुवारले उपचार गराइरहेको र उदयपुर शाखाले आर्थिक संकलन अभियान सञ्चालन गरिरहेको र त्यसलाई सहयोग गर्न अपील गरेका छन् ।

काठमाडौं, २१ साउन । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले उदयपुरका क्रियाशील पत्रकार महिला रञ्जु दनुवारको सहयोगका लागि आग्रह गरेको छ । महासंघका कोषाध्यक्ष राजेश मिश्रले सबै जिल्ला शाखा, प्रतिष्ठान शाखा, एसोसिएट संस्था, वैदेशिक शाखाहरुलाई अपील जारी गर्दै गम्भीर प्रकृतिको रोगबाट ग्रसित भई दनुवारले उपचार गराइरहेको र उदयपुर शाखाले आर्थिक संकलन अभियान सञ्चालन गरिरहेको र त्यसलाई सहयोग गर्न अपील गरेका छन् ।

“आयआर्जनको बलियो र भरपर्दो स्रोत नभएकी एक जना श्रमजीवी महिला पत्रकारको जीवन बचाउन शाखाले सुरु गरेको यो अभियानमा सहयोग गर्न महासंघ सबै सदस्यहरु तथा अन्य सहृदयी महानुभावहरुमा हार्दिक अपिल गर्दछ”, अपीलमा भनिएको छ ।

सहयोग रकम नेपाल पत्रकार महासंघ उदयपुर शाखाको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको २०९००११९९२१० नम्बरको खाता वा पीडित पत्रकार दनुवारको नाममा नेपाल इन्भेष्टमेन्ट बैंक गाइघाटमा रहेको खाता नम्बर ०३५०५०८०२६४१५० मा पठाउन सकिने अपीलमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?