‘सामुदायिक क्याम्पस गाभिने’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १०, २०७६
|
|
२९ पटक हेरिएको
Shares
‘सामुदायिक क्याम्पस गाभिने’

सारांश

  • प्रदेश नं १ का कमजोर आर्थिक अवस्थाका सामुदायिक क्याम्पसलाई एक आपसमा ९मर्ज० गाभिने भएको छ ।
  • ‘मर्ज’ भएका क्याम्पसको सञ्चालनमा प्रदेश सरकारले सघाउने जनाइएको छ ।
  • प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाको मेचीनगरस्थित काँकडभिट्टा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पससभामा आज बिहान उच्च शिक्षामा सरकारले लगानी बढाउने बताउनुभयो ।

प्रदेश नं १ का कमजोर आर्थिक अवस्थाका सामुदायिक क्याम्पसलाई एक आपसमा ९मर्ज० गाभिने भएको छ । ‘मर्ज’ भएका क्याम्पसको सञ्चालनमा प्रदेश सरकारले सघाउने जनाइएको छ । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाको मेचीनगरस्थित काँकडभिट्टा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पससभामा आज बिहान उच्च शिक्षामा सरकारले लगानी बढाउने बताउनुभयो ।

प्रदेशका १०० जति सामुदायिक क्याम्पसमध्ये आर्थिक स्रोत र विद्यार्थी अभावका कारण कतिपय बन्द हुने अवस्थामा पुगेको जनाउँदै मन्त्री घिमिरेले ती क्याम्पसहरुलाई बन्द हुन नदिन प्रदेश सरकारले ‘मर्ज’को नीति लिएको बताउनुभएको हो ।

प्रदेश सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन २०० विद्यालयमा डिजिटल प्रविधिमार्फत पठनपाठन शुरु गरेको, मनमोहन विश्वविद्यालय स्थापना गरेको, डिजिटल साक्षरता कक्षा सञ्चालन गर्न लागेको र सक्षम क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्नातक तहसम्म पठनपाठन भइरहेको काँकडभिट्टा बहुमुखी क्याम्पसमा भवन र कलेजबसलगायतका भौतिक साधनको अभाव भएको क्याम्पसका अध्यक्ष कमल थापाले बताउनुभएको थियो । मन्त्री घिमिरेले क्याम्पसलाई प्रदेश सरकारका तर्फबाट तत्काल रु ३० लाख सहयोग प्रदान गरिने घोषणा सोही कार्यक्रममा गर्नुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी संस्कृति भित्रिन दिँदैनौँ – बिना विभागीय मन्त्री पोखरेल
विदेशी संस्कृति भित्रिन दिँदैनौँ – बिना विभागीय मन्त्री पोखरेल
देउवा विरुद्ध यसरी खनिए कांग्रेसका नेता, चर्को आलोचना
देउवा विरुद्ध यसरी खनिए कांग्रेसका नेता, चर्को आलोचना
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
कोरोना कहर : उहान अस्पतालका निर्देशकको मृत्यु
कोरोना कहर : उहान अस्पतालका निर्देशकको मृत्यु
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
बाढी, पहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण
बाढी, पहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण
​हिरोबाट जिरो बन्दै कुलमान–जनार्दन : टेन्डरबिन बल्ब काण्ड
​हिरोबाट जिरो बन्दै कुलमान–जनार्दन : टेन्डरबिन बल्ब काण्ड
जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई
जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग

तपाईंले छुटाउनुभयो कि?