पत्रकार वडाध्यक्षमा विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
२६३ पटक हेरिएको
Shares

सारांश

  • बागलुङ, ४ जेठ ।
  • नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
  • नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका गौतमले ६०४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

बागलुङ, ४ जेठ ।नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका गौतमले ६०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दलबहादुर थापाले ४०१ मत प्राप्त गर्नुभयो ।

गौतमको दुई दशकदेखिको पत्रकारिता यात्रा स्थानीय तहको निर्वाचसँगै राजनीतितिर मोडिएको छ । गौतम सदरमुकामस्थित सामुदायिक रेडियो बागलुङको स्टेसन म्यानेजर र ई–बागलुङ अनलाइन पत्रिकाको सम्पादकसमेत हुनुहुन्छ । उहाँले यसअघि अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकलगायतका सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?