शरिरमै २२ लाख ५० हजार रूपैँया !
सारांश
- काठमाडौं, १६ कात्तिक ।
- प्रहरीले स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
- महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले रकमसहित नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानीवाग बस्ने ३६ वर्षीय मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको हो ।
काठमाडौं, १६ कात्तिक । प्रहरीले स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले रकमसहित नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानीवाग बस्ने ३६ वर्षीय मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको हो ।नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६४७७ नम्बरको बसमा सवार उनी चेकजाँचको क्रममा शंकास्पद रुपमा भेटिएका थिए ।
त्यसक्रममा खानतलासी गर्दा उनले शरीरमा लुकाएको अवस्थामा रकम बरामद भएको नागढुंगाका डिएसपी कुमारविक्रम थापाले बताए । उनलाई प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया