परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास हुदैन : मुख्यमन्त्री शाही

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
४० पटक हेरिएको
Shares
परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास हुदैन :  मुख्यमन्त्री शाही

सारांश

  • सुर्खेत, १७ मंसिर ।
  •   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको वताउनुभएको छ ।
  • कर्णाली प्रदेश राजधानी सुर्खेतमा सोमवार भएको एसियाली विकास वैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालहरुसंगको छलफल तथा परापर्श कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य भएको वताउनुभएको हो ।

सुर्खेत, १७ मंसिर ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको वताउनुभएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतमा सोमवार भएको एसियाली विकास वैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालहरुसंगको छलफल तथा परापर्श कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य भएको वताउनुभएको हो ।

एसियाली विकास वैंकले नेपालमा ठुलो मात्रामा लगानी गरेको भएपनि त्यसको परिणाम नदेखिएको भन्दै मुख्यमन्त्री शाहीले अवको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा गर्नुपर्ने वताउनुभयो । ‘नेता र पहुँचको आधारमा टुुक्रे योजनामा लगानी गरेर कर्णालीको समृद्धि हुनेवाला छैन ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘एउटा मात्रै भएपनि तर्पाईहरु पुर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस ।’ कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठुला परियोजनामा लगानीको आवश्यकता रहेको वताउदै मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकको आगामी रणनीति यस तर्फ केन्द्रीत हुनुपर्ने सुझाव दिनुभयो । ‘पेपर वर्क’ र ‘अफिस वर्क’ले कर्णालीले चाहेको गतिमा समृद्धि संभव नभएको वताउदै मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकका प्रतिनिधिहरुलाई भन्नुभयो–‘तपाईहरुले देखिनेगरि पुर्वाधारका क्षेत्रमा लगानी गरिदिनुस, कम्तीमा कोहलपुर–सुर्खेत सडकलाई ६ लेनको वनाईदिनुस ।’

फाष्ट ट्रयाकवाट कर्णालीको विकास र आर्थिक समृद्धि हाँशील गर्ने प्रदेश सरकारको योजना रहेको वताउदै मुख्यमन्त्री शाहीले सरकारको प्राथमिकताका क्षेत्रमा दाताहरुले लगानी गर्नुपर्ने धारणा राख्नुभयो । आफुहरुले योजना आयोग समेत निर्माण गरिसकेको र छिटै परियोजना वैंक तयार गरेर विकास निर्माणको प्राथमिकता सुची निर्माण गर्ने उहाँको भनाई छ । कर्णालीको गरिवि र विकटता वेचेर व्यक्तिगत समृद्धि हाँशीले गर्ने प्रवृत्ति हावी रहेको वताउदै मुख्यमन्त्री शाहीले परिणाममुखी काममा मात्रै हात हाल्न दाताहरुलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फवाट दाताहरुको लगानीको सदुपयोग गर्न र पारदर्शीताका साथ परिणाममुखी कार्य गर्न प्रतिवद्ध रहेको वताउनुभयो ।

एशियाली विकास वैंकका नेपाल आवासीय नियोग राष्ट्रिय निर्देशक मुख्तोर हामुदखानोभले स्वागत गर्नुभएको कार्यक्रममा नेपालका लागि एशियाली विकास वैंकको प्रस्तावित राष्ट्रिय साझेदारी रणनीतिवारे प्रमुख अर्थशास्त्री शरद भण्डारी प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाही, प्रदेश सरकारका प्रवक्ता एवं भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरु, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
उद्योग वाणिज्य महासंघको साधारण सभा आजबाट सुरु
उद्योग वाणिज्य महासंघको साधारण सभा आजबाट सुरु
आजको राशिफल
आजको राशिफल
कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?
कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?
पाकिस्तानी क्रिकेटमा हलचल,क्रिकेट प्रमुखले किन दिए राजीनामा?
पाकिस्तानी क्रिकेटमा हलचल,क्रिकेट प्रमुखले किन दिए राजीनामा?
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता
अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै

तपाईंले छुटाउनुभयो कि?