पराजुली अदालतबाट बाहिरिएपछि वकीलहरुबीच घोचपेच

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पराजुली अदालतबाट बाहिरिएपछि वकीलहरुबीच घोचपेच

सारांश

  • काठमाडौं – प्रधानन्यायाधीशबाट गोपाल पराजुलीको असहज बहिर्गमनलाई लिएर सम्मेलनमा वरिष्ठ अधिवक्ताबीच घोचपेच चलेको छ।
  • आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।
  • बारका पूर्वअध्यक्ष शम्भु थापाले प्रधानन्यायाधीशको उमेर ठम्याउन नसक्ने भन्दै कार्यक्रममा उपस्थित न्यायपरिषद्का सदस्यको हैसियतमाथि नै प्रश्न तेर्स्याएका थिए।

काठमाडौं – प्रधानन्यायाधीशबाट गोपाल पराजुलीको असहज बहिर्गमनलाई लिएर सम्मेलनमा वरिष्ठ अधिवक्ताबीच घोचपेच चलेको छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

बारका पूर्वअध्यक्ष शम्भु थापाले प्रधानन्यायाधीशको उमेर ठम्याउन नसक्ने भन्दै कार्यक्रममा उपस्थित न्यायपरिषद्का सदस्यको हैसियतमाथि नै प्रश्न तेर्स्याएका थिए। ‘तपाईंहरूले प्रधानन्यायाधीशको उमेर पनि ठम्याउन सक्नुभएन, कारिन्दाले ठम्याइदिनुपर्ने हो ? ’ थापाको प्रश्न थियो, ‘यदि तपाईंको जवाफदेहिता छ भने कानुनमाथि छ, यसमा तपाईंहरू चुकेकै हो।’ उनले यस मामिलामा नेपाल बार पनि चुकेको टिप्पणी गरे। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

थापाले महाभियोग र पराजुलीको बहिर्गमनको कारणसमेत खोज्न नसकेको कटाक्ष बार अध्यक्षमाथि गरे।उनले संसारका कुनै पनि मुलुकमा ‘मिडिया ट्रायल’ रोकिन नसक्ने दाबीसमेत गरे। थापाले दलका नेताबाट बार जोगिन नसकेको बताए। उनले भने, ‘उनीहरूले प्रयोग मात्रै गर्ने हुन्, प्रयोग गरेपछि छाडिदिन्छन्।’ थापाले प्रधानन्यायाधीशले चाहे ९० प्रतिशत भ्रष्टाचार समाप्त हुने पनि बताए। तर, प्रधानन्यायाधीश संस्थागत नभएर व्यक्तिगत बन्न खोज्दा न्यायमा क्षयीकरणको खतरा हुने भनाइ थापाको थियो।

थापाले परिषद् सदस्यमाथि आरोप लगाएपछि बारका अर्का पूर्वअध्यक्ष हरिहर दाहालले त्यसको ठाडै प्रतिवाद गरेका थिए। दाहालले पराजुलीको विषयमा परिषद्ले गरेको निर्णय सचिवले उल्ट्याउन नसक्ने ठोकुवा गरे। परिषद्का दुई जना सदस्यले सचिवको निर्णयमाथि किन हस्तक्षेप नगरेको भन्दै दाहालले आश्चर्यसमेत व्यक्त गरे। ‘शम्भुजी ! भन्न सजिलो छ, संसद्को दुईतिहाइले न्यायपालिकामा संशोधन गरे पनि हामी विभाजित हुन्छौं’, दाहालले थपे, ‘एमाले वा कांग्रेस कार्यालयमा गएर धन्यवाद दिने न्यायाधीश नियुक्ति हुने परिपाटी रोक्न सकेनौं, न्यायपालिकामा राजनीतिकरण रोक्न न्यायाधीश स्वतन्त्र हुनै पर्छ।’

थापा र दाहालको घोचपेच चलिरहेका बेला अर्का वक्ता नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले न्यायालयमा बहिर्गमनको राजनीति हाबी भएको बताए।‘पेपर बमले संस्था नै हल्लिन्छ भने कस्तो संस्था बनाएका छौं ? पेपर बमले नहल्लिने बलियो संस्था हामीलाई चाहिएको हो’, खड्काले भने। प्रधानमन्त्री र बारबाट न्यायपरिषद्मा पठाएका सदस्यलाई तलब र भत्ता खुवाउन मात्र सिफारिस नगरेको भन्दै खड्काले आक्रोशसमेत पोखे।‘तपाईंहरूले न्यायालयको विकृतिमा कति न्यायाधीशलाई कारबाही गर्नुभो ? कारिन्दाले चिठी लेखेर हाकिम (प्रधानन्यायाधीश) लाई खुस्काउने हो ? काम गर्न सक्नुहुन्न भने पद छाड्नुस्’, आक्रोश पोख्दै उनले भने।

सबैका कुरा सुनेर विलख बन्दमा परेका बारका अर्का पूर्वअध्यक्ष विश्वकान्त मैनालीले कानुन व्यवसायी हुँ भनेर उभिन पनि लाज भएको बताए।‘हाम्रो सैद्धान्तिक सद्भाव कमजोर भयो’, मैनालीले भने। उनले परिषद्मा राजनीति हाबी भएको र एनजीओले न्यायाधीशलाई तालिम दिनुपर्ने अवस्था आएको बताए। ‘न्यायाधीशलाई तालिम दिन पठाएको मुलुक फिलिफिन्स संसारकै भ्रष्टमा गनिन्छ, त्यहाँ नाइट क्लब घुमेर आउने न्यायाधीश यहाँ कसरी राम्रो न्याय दिन सक्छ ? ’ मैनालीले भने।

९० वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले खस्कँदो न्यायिक मर्यादा बढाउन नेताहरूसँग आग्रह गरे।‘वकिललाई दलाल, भ्रष्ट र विचौलिया भन्दा साह्रै दुःख लाग्छ, नेताज्यू, यसबाट जोगाइदिनुहोस्’ उनले अनुरोध गरे।

अर्का वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सुरेन्द्रप्रसाद सिंहदेखि अहिलेसम्म प्रधानन्यायाधीशको उमेरमा किन विवाद भएको छ ? भन्दै बार सम्मेलनले गम्भीर समीक्षा गर्नुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?