भाईटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०८०
|
|
४२ पटक हेरिएको
Shares
भाईटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

सारांश

  • काठमाडौं ।
  • यो वर्ष कार्तिक २९ गते बुधवार परेको ‘भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
  • समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।

काठमाडौं । यो वर्ष कार्तिक २९ गते बुधवार परेको ‘भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।

‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गतेदेखि शुरू हुँदैछ । भाइटीका तिहारको महत्त्वपूर्ण र अन्तिम दिन हो । यो दिन विशेषगरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने चलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?