टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ६, २०८१
|
|
४९ पटक हेरिएको
Shares
टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै

सारांश

  • काठमाडौं।
  • जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदै छन्।
  • आज सुपर आठको समूह २ को वेस्ट इन्डिज र इङल्याण्डबीच खेल हुँदै छ।

काठमाडौं। जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदै छन्। आज सुपर आठको समूह २ को वेस्ट इन्डिज र इङल्याण्डबीच खेल हुँदै छ। सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुँदै छ।

वेस्ट इन्डिजले समुह चरणका चारै खेल जितेर सुपर आठमा आएको हो भने ईङ्ल्याण्डले भने ४ खेलमा दुई जित एक हार एक खेल बर्षाले रद्द भएपछि अंक बाँडेर सुपर आठमा आएको हो। सेमिफाइनलमा पुग्न दुवै देशका लागि यो जित महत्वपूर्ण रहेको छ। सुपर आठको यस समूहमा अमेरिका र दक्षिण अफ्रिका रहेका छन्।

वेस्ट इन्डिज र ईङल्याण्ड अहिलेसम्म टी-२० खेलमा २९ पटक आमने सामने भएका छन्। जसमा वेस्ट इन्डिजले १७ पटक जितेको छ भने ईङ्ल्याण्डले १२ पटक जितेको छ। त्यस्तै घरेलु मैदान भएकाले वेस्ट इन्डिजले त्यसको फाइदा उठाउन सक्ने देखिन्छ।

त्यस्तै आज दोस्रो खेल सुपर आठको समुह एक अन्तर्गत भारत र अफगानिस्तानबीच हुँदै छ। बारबाडोसस्थित केंसिंगटन ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुँदै छ।

भारत समूह चरणमा ४ खेलमा ३ जित र एक खेल बर्षाले रद्द भएपछि समूह ए मा शिर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको हो। त्यस्तै अफगानिस्तानले समूह चरणमा ४ मध्ये ३ खेलमा जित एक खेलमा हार बेहोरेर समूह सी मा दोस्रो हुँदै सुपर आठमा पुगेको हो।

अफगानिस्तानले अहिलेसम्म टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई हराउन सकेको छैन। अहिलेसम्म अफगानिस्तान र भारतबीच कुल ८ खेल भएका छन्। जसमा ७ खेल भारतले जितेको छ भने एक खेल रद्द भएको थियो।

दुवै देशका लागि सेमिफाइनलमा पुग्न यो खेल महत्वपूर्ण रहेको छ। यस समुहमा यी दुई देशका अलावा बंगलादेश र अस्ट्रेलिया रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने
काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने
‘कान्छी’ को  ‘चरी चट्ट परी…’ को भिडियो रिलिज ।
‘कान्छी’ को ‘चरी चट्ट परी…’ को भिडियो रिलिज ।
प्रधानमन्त्रीका लागि ४० करोडमा निवास बनाइने
प्रधानमन्त्रीका लागि ४० करोडमा निवास बनाइने
दलहरुबीच सहकार्य र हार्दिकता आवश्यक : महामन्त्री शर्मा
दलहरुबीच सहकार्य र हार्दिकता आवश्यक : महामन्त्री शर्मा
यस्तो छ प्रधानमन्त्री केपी ओलीको अहिलेको  स्वास्थ्य अवस्था !
यस्तो छ प्रधानमन्त्री केपी ओलीको अहिलेको स्वास्थ्य अवस्था !
कर्णाली प्रदेशमा नियुक्त मुख्यमन्त्री शर्मा को हुन् ?
कर्णाली प्रदेशमा नियुक्त मुख्यमन्त्री शर्मा को हुन् ?
​​​​​स्थानीय तह दोस्रो चरण निर्वाचन मतगणना : ताजा परिणाम
​​​​​स्थानीय तह दोस्रो चरण निर्वाचन मतगणना : ताजा परिणाम
निर्वाचनकै मुखमा मधेस प्रदेश सरकारको जम्बो टोली युरोप भ्रमण जाँदै
निर्वाचनकै मुखमा मधेस प्रदेश सरकारको जम्बो टोली युरोप भ्रमण जाँदै
सोलुखुम्बुमा,  चिसो बढेसँगै पर्यटक भ्रमण छोट्याउने तयारीमा
सोलुखुम्बुमा, चिसो बढेसँगै पर्यटक भ्रमण छोट्याउने तयारीमा
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ