संसदमा नयाँ कांग्रेसको नयाँ रणनीति

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
२४ पटक हेरिएको
Shares
संसदमा नयाँ कांग्रेसको नयाँ रणनीति

सारांश

  • काठमाडौं १ जेठ ।
  • कांग्रेसले संविधानविपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसद्‌मा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने जनाएको छ ।
  • त्यसका लागि आफ्ना सांसदसँग छलफल गर्न बुधबार संसदीय दलको बैठक बोलाएको छ ।

काठमाडौं १ जेठ । कांग्रेसले संविधानविपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसद्‌मा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने जनाएको छ । त्यसका लागि आफ्ना सांसदसँग छलफल गर्न बुधबार संसदीय दलको बैठक बोलाएको छ । जागरण अभियानमार्फत सरकारका असंवैधानिक कामकारबाहीको विरोध गर्दै आएको कांग्रेसले सदन तताउने तयारी गरेको हो ।संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानविपरीत प्रस्ताव गरिएका मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता नलिए संसदमा प्रतिरोध गर्ने बताए।

‘तीनवटै विधेयक संविधानका प्रस्ताव र भावनाविपरीत छन्, यिनलाई फिर्ता लिएर संविधानअनुकूल बनाउन सरकारलाई हाम्रो आग्रह छ,’ उनले भने, ‘संविधानविपरीत प्रावधान राखेर बलजफ्ती लैजाने प्रयास भए हामी पनि चुप लागेर बस्दैनौं।’ संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे बुधबार बस्ने संसदीय दल बैठकले औपचारिक धारणा बनाउने उनले बताए।मिडियाको स्वायत्तता र स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ल्याइएको विधेयक फिर्ता लिन कांग्रेसले सरकारलाई आग्रह गरिसकेको छ।

सभापति शेरबहादुर देउवाले प्रस्तावित विधेयकलाई मिडियामाथि ‘कु’ को संज्ञा दिँदै त्यसलाई कुनै पनि हालतमा फिर्ता गराएरै छाड्ने बताएका थिए।मिडियामा जस्तै मानवअधिकार आयोगको स्वतन्त्रता र अधिकारलाई समेत खुम्च्याउन खोजेको कांग्रेसको आरोप छ। राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमार्फत सुरक्षा परिषदको भूमिकालाई निस्तेज पार्न खोजिएको कांग्रेसको आरोप छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा
कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा
महेश थापाको व्यंगसंग्रह ‘नमोनमः’ भोली विमोचन हुँदै
महेश थापाको व्यंगसंग्रह ‘नमोनमः’ भोली विमोचन हुँदै
१२ घण्टामा  शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्
१२ घण्टामा शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्
विश्वकप फुटबल २०१८: को पुग्ला फाइनलमा ? यस्तो छ विगत
विश्वकप फुटबल २०१८: को पुग्ला फाइनलमा ? यस्तो छ विगत
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
Mostbet APK скачать на Android 20
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति
बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् ललिताले
बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् ललिताले
छानबिन समितिको निष्कर्ष : यथास्थितिमा एनसेलको शेयर खरिदबिक्री सम्झौता स्वीकार गर्न सकिँदैन
छानबिन समितिको निष्कर्ष : यथास्थितिमा एनसेलको शेयर खरिदबिक्री सम्झौता स्वीकार गर्न सकिँदैन
बलात्कारी नचिन्दा समस्या !
बलात्कारी नचिन्दा समस्या !

तपाईंले छुटाउनुभयो कि?