राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिनालाई बनाउने एमालेको निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिनालाई बनाउने एमालेको निर्णय

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि भएको छलफलले गणेश तिमिल्सिनालाई राष्ट्रियसभाको अध्यक्षका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि भएको छलफलले गणेश तिमिल्सिनालाई राष्ट्रियसभाको अध्यक्षका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लामो छलफलपछि तिमिल्सिनालाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको हो । ५९ सदस्यीय राष्ट्रियसभाको अध्यक्षका लागि नेकपा एमालेमा पर्शुराममेघी गुरुङ र गणेश तिमिल्सिना मध्ये एकलाई उम्मेदवार बनाउने चर्चा थियो ।

राष्ट्रियसभाको अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयन दर्ताको समय रहेको छ ।

एमालेबाट पर्वतको जिल्ला सभापति भइसकेका तिमिल्सिना एमाले प्रदेश नम्बर ४ का सहसंयोजक हुन् । उनी प्रदेश ४ बाट राष्ट्रियसभामा एमालेबाट निर्वाचित भएका थिए ।

यस्तै कांग्रेसले पनि आफ्ना उम्मेदवार खडा गर्ने नगर्ने बारे निर्णय गरेको छैन । राष्ट्रियसभामा एमालेका २९, कांग्रेस र माओवादीका समान १३ तथा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई दुई गरी ५९ सदस्य रहेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Naren Budha Chhetri

    ? धोका? दिन्छ? ऐउटाले? हामिहरुलाई? status? लेखेर? sentiment? गराउछ्न? पापीनी? हरु

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?