स्टार फिल्डर जाेन्टी राेड्सले नेपाली खेलाडीलार्इ प्रशिक्षण दिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
स्टार फिल्डर जाेन्टी राेड्सले नेपाली खेलाडीलार्इ प्रशिक्षण दिने

सारांश

  • काठमाडाैँ, २७ कात्तिक ।
  • दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स सोमबार नेपाल आइपुगेका छन् ।
  • बुधबारबाट राजधानीको कीर्तिपुरमा सुरु हुने प्रशिक्षण क्याम्पमा सहभागी हुन जोड्स नेपाल आएका हुन ।

काठमाडाैँ, २७ कात्तिक । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स सोमबार नेपाल आइपुगेका छन् । बुधबारबाट राजधानीको कीर्तिपुरमा सुरु हुने प्रशिक्षण क्याम्पमा सहभागी हुन जोड्स नेपाल आएका हुन । उनले कीर्तिपुरमा दुई साता युवा तथा किशोर खेलाडीलाई विशेष प्रशिक्षण दिने कार्यक्रम छ । रोड्स रातोपुलस्थित नेपाल क्रिकेट स्कुलका सञ्चालक करन घिमिरेको प्रयासमा पहिलो पटक नेपाल आएका हुन । उनले सोमबारै कीर्तिपुर मैदानमा पुगेर खेलाडीसँग परिचय गरेका थिए । उनले नेपालमा रहँदा खेलाडीलाई क्रिकेटको आधारभूत ज्ञानदेखि विभिन्न प्राविधिक पक्षबारे प्रशिक्षण दिने भएका छन् ।

उनले नेपालमा रहँदा खेलाडीलाई क्रिकेटको फिट्नेस परीक्षण र तालिम दिनुका साथै नेतृत्व विकास, स्पोर्टस मेडिसिनसहितका विभिन्न पक्षबारे प्रशिक्षण दिनेछन । त्यस क्याम्पमा युवा खेलाडीका साथै सिनियर खेलाडी पनि सहभागी हुनेछन् । यो प्रशिक्षणका लागि रोड्सले सहयोगी रायनलाई पनि नेपाल ल्याएका छन् । ५० वर्षीय रोड्सले दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट ५२ टेस्ट र २४५ एकदिवसीय खेल खेलका छन । टेस्टतर्फ उनले २ हजार ५३२ र एकदिवसीयमा ५ हजार ९ सय ५३ रन बनाएको रेकर्ड छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?