उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२० पटक हेरिएको
Shares
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई  सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा

सारांश

  • काठमाडौँ,२६ मंसिर ।
  • सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले सम्मान गरेको छ ।
  • मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरेका थिए।
काठमाडौँ,२६ मंसिर ।सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरेका थिए। मुख्यमन्त्री राउतले अभिनन्दन पत्रमा नेपाल भारतको धार्मिक, सांस्कृतिक विशिष्टता अनुकरणीय रहेको चर्चा गर्दै लोकतन्त्रको सुदृढीकरण अभियानमा सबैको सहयोग र प्रतिबद्धताका लागि आग्रह गरे ।
सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता महन्त ठाकुर, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतो, सांसद कोमल ओली प्रदेश नं २ सरकारका मन्त्री, प्रदेशसभाका सभामुख सरोजकुमार यादव, नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पूरी र प्रदेशसभा सदस्यको उपस्थिति थियो । यसैबीच भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रदेश नं २ को सरकारद्वारा आयोजित भण्डारा दिवा भोजमा सरिक भएका थिए । मधेश भवनमा आयोजित भण्डारामा ३६ प्रकारको ब्यञ्जन पस्किइएको थियो । ब्यजनमा दाल, भात, कजौरीपालक पुरी, रोटी, गाँजरको हलुवा, पेडा, तीन प्रकारको रसबरी, दही, राजभोग, गुलाब जामुन र तरकारी लगायतका विभिन्न परिकार पस्किइएको थियो ।
सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्रीको सम्मानमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । यसअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई पर्यटनमन्त्री अधिकारी, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, मन्दिरका सहायक महन्त रामरोशन दासले जानकी मन्दिरमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाम एकताको अन्तिम निर्णय : ओली र दाहालबीच चारबुँदे सहमति  !
बाम एकताको अन्तिम निर्णय : ओली र दाहालबीच चारबुँदे सहमति !
बाबुराम भट्टराईलाई छोडेकी करिष्मा मानन्धर अर्को हप्ता नेकपा प्रवेश गर्दै
भारतीय गृहमन्त्रीसंग प्रचण्डले राखे यस्ताे प्रस्ताव !
भारतीय गृहमन्त्रीसंग प्रचण्डले राखे यस्ताे प्रस्ताव !
राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमिति बस्दै
राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमिति बस्दै
८२ लाख मूल्य बराबरको बियर बरामद
८२ लाख मूल्य बराबरको बियर बरामद
दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद
दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र
सप्ताहव्यापीरूपमा आप्रवासी कामदार दिवस मनाइँदै
सप्ताहव्यापीरूपमा आप्रवासी कामदार दिवस मनाइँदै
कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह

तपाईंले छुटाउनुभयो कि?