नेपालमा लगानीको राम्रो अवसर छः परराष्ट्रमन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
नेपालमा लगानीको राम्रो अवसर छः परराष्ट्रमन्त्री

सारांश

  • काठमाडौँ, २५ भदौ ।
  • उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गर्नुुभएको छ ।
  • ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्र्रियामा परराष्ट्रमन्त्रीले भन्नुभयो, “दुई देशबीचको कनेक्टिभिटी बढाउन नेपालले पूर्वाधार विकास र अन्तरदेशीय आर्थिक क्षेत्रमा लगानी केन्द्रित गरेको छ ।

काठमाडौँ, २५ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गर्नुुभएको छ ।

ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्र्रियामा परराष्ट्रमन्त्रीले भन्नुभयो, “दुई देशबीचको कनेक्टिभिटी बढाउन नेपालले पूर्वाधार विकास र अन्तरदेशीय आर्थिक क्षेत्रमा लगानी केन्द्रित गरेको छ । अन्तरदेशीय रेल मार्ग, सडक मार्ग, ट्रान्समिसन लाइन र हवाई मार्गमा लगानीका लागि उयुक्त अवसर छ ।”
नेपाल र चीनबीच ‘एक क्षेत्र एक मार्ग’मा सम्झौता भइसकेको उल्लेख गर्दै उहाँले त्यसलाई दुवै देशले सही तवरले प्रयोग गर्नुपर्ने बताउनुभएको उहाँका प्रेस संयोजक हरि लामिछाने जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री महराले उपुक्त प्रविधिसहित नेपालले विकासका क्षेत्रमा दूरगामी रुपमा सहकार्य गरेर जान चाहेको स्पष्ट पार्नुभयो । जलविद्युत्, पर्यटन, पूर्वाधार, कृषि, उत्पादन उद्योग, दूरसञ्चार, सूचना प्रविधि तथा सेवा क्षेत्रमा पनि लगानीका लागि उपयुक्त अवसर रहेकाले यस क्षेत्रमा गरिएको लगानीबाट राम्रो फाइदा लिन सकिने जानकारी उहाँले दिनुभयो ।

चिनियाँ पर्यटनका लागि नेपालले राम्रो अवसर प्रदान गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री महराले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायत विश्व चर्चित नेपालका विभिन्नस्थलको अवलोकन गर्न आग्रहसमेत गर्नुभयो । नेपालमा वैदेशिक लगानी भित्र्याएर आफ्नो चीनसँग रहेको व्यापार घाटा कम गर्न नेपालले चाहेको उल्लेख गर्दै उहाँले यस अवसरलाई सदुपयोग गर्न आग्रहसमेत गर्नुभयो ।

चिनियाँ व्यापारीका लागि नेपालमा लगानी गर्न नेपाली महावाणिज्यदूतावास माध्यम भएको बताउँदै उहाँले एक हजारभन्दा बढी नेपाली रहेको ग्वाङन्दोङ प्रान्तमा नेपाली वाणिज्य दूतावासको स्थापनासँगै नेपाली व्यापारी, विद्यार्थी तथा अन्य नेपालीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । चीनसँगको कूल व्यापारमध्ये ६० प्रतिशत ग्वाङन्दोङ प्रान्तबीच रहेको बताइएको छ ।
परराष्ट्रमन्त्री महराले व्यापार, यातायात र शिक्षाका लागि विश्वकै केन्द्र बन्दै गएको ग्वाङन्दोङ प्रान्तसँगको व्यापार विस्तारमा यहाँस्थित जनताको आर्थिक तथा व्यापारमा सहभागिताले निर्धारण गर्ने उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा सहभागी व्यापारी तथा लगानीकर्ताका प्रश्नको जवाफमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालमा चिनियाँ पर्यटकको संख्या वृद्धि हुँदै गएकाले पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । अन्तक्र्रियामा चिनिँया तथा नेपाली गरी १०० जना व्यापारी तथा लगानीकर्ता सहभागी भएको यहाँस्थित महावाणिज्यदूत रवि भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण अफ्रिकाको कारण सत्ता त्याग्नु परेको मुगाबेको दावी
दक्षिण अफ्रिकाको कारण सत्ता त्याग्नु परेको मुगाबेको दावी
देशका सबै भू-भागमा औषधि पुर्‍याउन मन्त्री यादवले दिए निर्देशन !
देशका सबै भू-भागमा औषधि पुर्‍याउन मन्त्री यादवले दिए निर्देशन !
सरकारले रोक्यो मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण
सरकारले रोक्यो मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण
ज्याकलिनसँग तर्किँदै बलिउड निर्माता
ज्याकलिनसँग तर्किँदै बलिउड निर्माता
मुस्ताङमा किन बढ्यो आन्तरिक पर्यटकको चहलहल ?
मुस्ताङमा किन बढ्यो आन्तरिक पर्यटकको चहलहल ?
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी
प्रमुख अतिथि र महिलामन्त्रीलाई रुक्मांगद कटुवालले प्रत्यक्ष प्रसारणमै ‘तलुवा’ देखाइदिएपछि….
प्रमुख अतिथि र महिलामन्त्रीलाई रुक्मांगद कटुवालले प्रत्यक्ष प्रसारणमै ‘तलुवा’ देखाइदिएपछि….
हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष
हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष
नयाँ वर्षको पहिलो दिन जन्मिए १५ सय शिशु
नयाँ वर्षको पहिलो दिन जन्मिए १५ सय शिशु

तपाईंले छुटाउनुभयो कि?