मन्त्रीनै अति गरिबकाे सुचिमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
४३ पटक हेरिएको
Shares
मन्त्रीनै अति गरिबकाे सुचिमा

सारांश

  • काठमाडौं , २९ साउन ।
  • बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् ।
  • खड्काका जेठा छोरा डाक्टर छन् ।

काठमाडौं , २९ साउन ।बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ। खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन्। खड्का परिवार गरिबको सूचीमा छ तर खान लगाउन नपुग्ने सोही नगरपालिकाका माना खड्का भने त्यो सूचीमा परेका छैनन् । त्यस्तै बाजुराका जनकराज गिरीको परिवार पनि अति गरिबको सूचीमा छ। गिरी पूर्वभूमिसुधार सहायकमन्त्री हुन्।

त्यस्तै बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टदेखि बुढीनन्दा नगरपालिका–१ का अध्यक्ष नृपराज दुवैजना गरिबको सूचीमा छन् । पहिलो चरणमा बाजुरा, बझाङ, कैलालीसहित २५ जिल्लमा गरिब परिवार पहिचान गरी परिचयपत्र उपलब्ध गराउने सरकारी नीति छ । २०७० सालमा संकलित तथ्यांकअनुसार गरिबको सूची बनाइएको छ । गरिबलाई पनि तीन वर्गमा छुट्याएर तीन महिना पनि खान नपुग्ने अति गरिबको सूचीमा राख्ने नीति छ । तर संकलित सूचीमा रहेका सबै वास्तविक गरिब भने छैनन् । हचुवाको भरमा तथ्यांक संकलन गरिएकाले गरिब घरपरिवार सूचीमा पर्न नसहेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?