मेयरलाई ६० लाखको गाडी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
मेयरलाई ६० लाखको गाडी

सारांश

  • लहान : सिरहाको लहान नगरपालिकाका मेयर मुनी साहका लागि ६० लाख रुपैयाँ पर्ने गाडी खरिद गरिने भएको छ।
  • लहान नगरपालिका-१६ स्थित पर्यटकीय स्थल स्वर्गे डाँडामा बसेको नगर कार्यपालिकाको बैठकले गाडी खरिद गर्ने निर्णय गरेको हो।
  • वडा नम्बर ७ का अध्यक्ष राकेश गुप्ता ‘रोशन’का अनुसार गाडी खरिद गर्न ६० लाख बजेट छुट्याइएको छ।

लहान : सिरहाको लहान नगरपालिकाका मेयर मुनी साहका लागि ६० लाख रुपैयाँ पर्ने गाडी खरिद गरिने भएको छ। लहान नगरपालिका-१६ स्थित पर्यटकीय स्थल स्वर्गे डाँडामा बसेको नगर कार्यपालिकाको बैठकले गाडी खरिद गर्ने निर्णय गरेको हो।

वडा नम्बर ७ का अध्यक्ष राकेश गुप्ता ‘रोशन’का अनुसार गाडी खरिद गर्न ६० लाख बजेट छुट्याइएको छ। नगरपालिकाका कार्यकारी अधिकृत तीर्थराज भट्टराईले मेयरका लागि गाडी खरिद गर्ने निर्णय भए पनि बजेटको सीमा नतोकिएको दाबी गरे। भने, ‘फुल अप्सनको स्कर्पियो खरिद गर्ने कुरा भएको छ। त्यो गाडी ५०-६० लाख रुपैयाँ पर्न सक्छ।’

साहले मेयरमा निर्वाचित भएदेखि छोरा विशालका नाममा रहेको स्कर्पियो चढ्दै आएका छन्। छोराकै गाडी भाडामा चढेपछि संघीय फोरम र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका थिए। एक जनप्रतिनिधिका अनुसार छोराको नाममा रहेको गाडी प्रतिदिन ४ हजार रुपैयाँ तिरेर मेयरले भाडामा लिएका हुन्।

प्राविधिक चढ्नका लागि एउटा जिप पनि खरिद गर्ने निर्णय भएको छ। त्यसका लागि बजेट भने छुट्याइएको छैन्। यो गाडी करिब ३५ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। अहिले नगरपालिकासँग एउटा मात्र पिकअपछ, त्यही गाडीमा मेयर साह, उपमेयर सरियार चौधरी र कार्यकारी अधिकृत पालै पालो चढ्छन्।

‘गाडी एउटा मात्र भएर एकदमै समस्या भइरहेको छ’, अधिकृत भट्टराईले भने, ‘विकास निर्माणका कामसमेत प्रभावित बनेका छन्।’ विकास निर्माणका लागि स्काभेटर, लेबरल, ग्रेडरलगायत उपकरण खरिद गर्ने निर्णय पनि भएको उनले सुनाए।

स्वर्गे डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने निर्णय पनि भएको छ। नगरसभाबाट विभिन्न शीर्षकमा बजेट विनियोजन भइसकेकाले यसका लागि थप बजेट नछुट्याएको उनले बताए। भने, ‘स्वर्गे डाँडा पुग्दा साँच्चै स्वर्ग आएजस्तै अनुभव भयो। यसलाई पर्यटकीय स्थलका रूपमा विकास गर्दा पर्यटकको ओइरो लाग्छ।’

लहान बजारबाट स्वर्गे डाँडा करिब २१ किलोमिटर उत्तरमा पर्छ। यो क्षेत्रलाई सलहेस डाँडा पनि भनिन्छ। उदयपुरको सीमासँग जोडिएको रमणीय स्वर्गे डाँडालाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष गडुलबहादुर जर्घा मगरले जानकारी दिए। भने, ‘ठूलो सम्भावना बोकेको यो क्षेत्र अहिलेसम्म ओझेलमा परेको छ तर बोर्ड बैठकमा सबैले विकास गर्ने प्रतिबद्धता जनाएपछि आशा पलाएको छ।’

घर सिरहामा, कर उदयपुरमा

लहान नगरपालिका-१६ स्थित स्वर्गे डाँडा आसपासका बासिन्दा उदयपुरमा कर बुझाउन बाध्य छन्। ‘२०२८ सालको नापीका क्रममा सिरहाको भूमि उदयपुरमा उल्लेख गरियो’, वडाध्यक्ष मगरले भने, ‘त्यही भएर यहाँका जनताले उदयपुर पुगेर कर तिर्नुपर्छ।’ चुनावमा यहाँका जनताले सिरहा र उदयपुर दुवैतिर भोट गर्नेे गरेको उनको भनाइ छ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    गाडी चढ्नकै लागी त जितेको हो नि त ।

    Comment Author

    Hari Kumar Shrestha

    ठिकै छ भन्नुपर्यो, तर, मूखले बोलेको कूरा पूर्याउन सक्नू भएन भने तपाँईको जमिनजेथा बाट जनताले साठिलाख असूलउपर गरिने छ नी! यो कूरोको पनी हेक्का राख ?

    Comment Author

    Dipendra Bista

    Suzuki Alto ( in the picture) doesn’t cost 60 lakh.

    Comment Author

    Udaya Chandra Sunar

    janta lai gari khana didainn aafuharula chahini vo ni.
    .mahango car..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?