पशुपति शमशेर राणालाई बीचमा अर्को तनाव थपियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पशुपति शमशेर राणालाई बीचमा अर्को तनाव थपियो

सारांश

  • काठमाडौं, माघ १७ ।
  • चुनावमा सामान्य हार मात्र हेन, सिंगो पार्टी नै ‘साफ’ भएपछि कति तनाव होला, पशुपति शमशेर राणालाई !
  • बीचमा अर्को तनाव थपिएको छ, मुद्दाको ।

काठमाडौं, माघ १७ । चुनावमा सामान्य हार मात्र हेन, सिंगो पार्टी नै ‘साफ’ भएपछि कति तनाव होला, पशुपति शमशेर राणालाई ! बीचमा अर्को तनाव थपिएको छ, मुद्दाको ।

एक साताअघि राप्रपा अध्यक्ष कमल थापाले जिल्ला अदालत काठमाडौंमा घर–जग्गाको भोगाधिकार माग गर्दै मुद्दा दायर गरेपछि तनावमा परेका हुन् ।

मालपोत कार्यालय चावहिलमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी, काठमाडौं’ को नाममा स्रेस्ता कायम भएको कामपा–७, चाबहिल, लाम्पाटीको जमिन र त्यसको चर्चको घरमाथि कमल थापाले दावी गरेका छन् ।

अहिले पशुपतिले नेतृत्व गरेको पार्टीको नाम राप्रपा (राष्ट्रवादी) हो भने कमलको पार्टीले ‘राप्रपा’ मात्रै लेख्ने गरेको छ ।

राजनीतिक दलको आधिकारीक दर्ता हुने निकाय निर्वाचन आयोगमा राप्रपाको अध्यक्ष कमल थापा उल्लेख छ भने पशुपतिशमशेर पछाडी ‘राष्ट्रवादी’ झुण्ड्याइएको पार्टीमा अध्यक्ष छन् । यो खबर आजको जनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?