ओलीले संकटकाल लगाएर भएपनि सत्ता लम्ब्याउने धम्की दिन थालेका छन् : वर्षमान पुन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १५, २०७७
|
|
२१ पटक हेरिएको
Shares
ओलीले संकटकाल लगाएर भएपनि सत्ता लम्ब्याउने धम्की दिन थालेका छन् : वर्षमान पुन

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य तथा पुर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैशाखमा निर्वाचन हुनै नसक्ने बताएका छन् ।
  • गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा पुनले भने, ‘प्रधानमन्त्री केपी ओलीको चुनाव गर्ने नियत नै होइन ।
  • कसरी चुनाव हुन्छ ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य तथा पुर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैशाखमा निर्वाचन हुनै नसक्ने बताएका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा पुनले भने, ‘प्रधानमन्त्री केपी ओलीको चुनाव गर्ने नियत नै होइन । कसरी चुनाव हुन्छ ?’

नेकपा प्रचण्ड–नेपाल समूहको विरोध सभाका लागि मंगलबार रोल्पा पुगेका उनले अबको चार महिनामा चुनाव नहुने र ओली सत्तामा नरहने पनि दावी गरे । ‘आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिकरुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारे’ उनले भने, ‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ ।’ प्रधानमन्त्री ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भएपनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उनको भनाइ छ ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाको विगत स्मरण गर्दै भने, ‘शेरबहादुर देउवाले ५९ सालमा निर्वाचन घोषणा गर्नुभयो, संसद विघटन गर्नुभयो । संसद दरबारमा बुझाएर आफै जेल परेपछि गल्ती भयो भनेर आफैं आन्दोलनमा आउने अवस्था बन्यो ।’ उनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर मुलुकको अभिभावकत्व गुमाएको टिप्पणी गरे । पुनले भने, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिनुभयो ।’ केन्द्रीय समितिको दुई तिहाई सदस्य आफूहरुको पक्षमा रहेको र ओली पक्षका एक सय जनाले ११ सयभन्दा बढी संख्यामा नयाँ सदस्य थप्नु अराजनीतिक भएको बताए । ‘एक सय जनाले ११ सयको संख्या थप्नु सामन्तले सयको पछाडि शून्य थपेर ११ सय बनाएको जस्तै हो’ उनले भने ।(दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?