हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन
सारांश
- बाबुलाल बुढा साउदी अरब, ३२ असार ।
- साउदी अरवमा जेल जीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीलाई बचाउन हितमान बुढाको पहलमा ५३,००७ साउदी रियल भन्दा बढी रकम संकलन भएको बताइएको छ ।
- साउदी अदालतले दिलबहादुरलाई गाडी दुर्घटनामा मारेकै अभियोगमा २ वर्ष जेलपछि ६५ लाख नेपाली रुपैयाँ रकम ब्लड मनि फैसला गर्दा सायद नेता र क्रियाशील संघसंस्थाहरु आनाकानी गरिरहेको बेला आफ्नो एक महिनाको तलब घोषणा गर्दै अभियानमा जुटेका बुढाले साउदी लगायत विभिन्न देशमा पहल गरी आजसम्म १५ लाख भन्दा बढी रकम जम्मा भएको सहयोगी सुबिनराज सिर्पालीले बताएका छन् ।
बाबुलाल बुढा
साउदी अरब, ३२ असार । साउदी अरवमा जेल जीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीलाई बचाउन हितमान बुढाको पहलमा ५३,००७ साउदी रियल भन्दा बढी रकम संकलन भएको बताइएको छ । साउदी अदालतले दिलबहादुरलाई गाडी दुर्घटनामा मारेकै अभियोगमा २ वर्ष जेलपछि ६५ लाख नेपाली रुपैयाँ रकम ब्लड मनि फैसला गर्दा सायद नेता र क्रियाशील संघसंस्थाहरु आनाकानी गरिरहेको बेला आफ्नो एक महिनाको तलब घोषणा गर्दै अभियानमा जुटेका बुढाले साउदी लगायत विभिन्न देशमा पहल गरी आजसम्म १५ लाख भन्दा बढी रकम जम्मा भएको सहयोगी सुबिनराज सिर्पालीले बताएका छन् ।
सहयोगी सुबिनराज सेर्पालीले एक कार्यक्रममा उक्त कुरा सार्वजनिक गरेका हुन् । साउदीको जिजान भन्ने ठाउको लेबर क्याम्पमा चन्द्रबहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमको प्रमुख अतिथि यज्ञ बुढा, सञ्चालक सुबिनराज सेर्पालीले गरेका थिए । आफूलाई सहयोग गर्ने टिमका प्रमुख अभियन्ताहरु सबिनराज सिर्पाली, जितबहादुर आले, दुर्गा पाण्डे, देबेन्द्र पुन, ब्यन्जन बुढा, गहराज घर्ती, आशा पुन, बिनोद बुढा, रमन बुढा, यज्ञ बुढा, अमृत रोका, चामबहादुर बुढा, हिमाल डाँगी, धनेश बीसी, जेबी मगर पीडित लगायत रहेका छन् । सम्पूर्ण सहयोगी दाताहरुलाई हितमान बुढाले विशेष धन्यवाद समेत दिएका छन् ।
उपराष्ट्रपतिपुत्र दिपेश पुनको संयोजकत्वमा बनेको मूल समितिका सदस्य रहेका बुढा युद्धकालमा जनयुद्धका शहीद कमान्डर बिजय घलेदेखि लिएर उपराष्ट्रपति पासाङको सहयात्री वा दायाँ हात मानिने हितमान बुढा युद्धकालमा रोल्पा रुकुमका कुशल पूर्व लडाकु कमान्डर समेत हुन् ।
प्रतिक्रिया