तीन दिन मौसम बदली र पानी पर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
३९ पटक हेरिएको
Shares
तीन दिन मौसम बदली र पानी पर्ने

सारांश

  • काठमाडौँ।
  • पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  •   महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए।
काठमाडौँ। पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए। उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ थियो। अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो। उक्त प्रणाली कमजोर भएको चारदिनमै पुनःपश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो।
काठमाडौँ उपत्यकामा तीन/चार दिनयता घाम लागेकाले केही न्यानो महसुस गरिए पनि पश्चिमी वायुको प्रभावले आजदेखि बदली गराएका कारण काठमाडौँमा केही चिसो बढाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार डडेलधुरामा सात, वीरेन्द्रनगरमा पाँच र दाङमा एक मिलिमिटर वर्षा भएको छ।
यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै आज राति देशको अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका अधिकांश स्थानमा र मध्य तथा पूर्वी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना औँल्याएको छ। उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
शुक्रबार देशभर सामान्यतया बदली रहनेछ भने पश्चिमी भेगका अधिकांश र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आगामी ४ गते शनिबार पनि देशका अधिकांश स्थानमा बदली र पश्चिम, पूर्वी तथा मध्य नेपालका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पल शाहलाई थुनामा पठाउनुको कारण सहितको प्रतिवेदन उपलव्ध गराउन आदेश
पल शाहलाई थुनामा पठाउनुको कारण सहितको प्रतिवेदन उपलव्ध गराउन आदेश
यी हुन् चितवनमा बस दुर्घटनाका घाइते तथा मृतकहरू
यी हुन् चितवनमा बस दुर्घटनाका घाइते तथा मृतकहरू
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
लाओसलाई हराउँदै नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि
लाओसलाई हराउँदै नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि
पुल भत्किँदा स्थानीयवासीलाई सास्ती
पुल भत्किँदा स्थानीयवासीलाई सास्ती
हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु
हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु
नेपाल विकास र समृद्धिकाे बाटाेमाः प्रधानमन्त्री अाेली
नेपाल विकास र समृद्धिकाे बाटाेमाः प्रधानमन्त्री अाेली
अोली र प्रचण्डबीच तीन घन्टा ‘वान टु वान’ वार्ता:  यस्तो भयो सहमति ?
अोली र प्रचण्डबीच तीन घन्टा ‘वान टु वान’ वार्ता: यस्तो भयो सहमति ?