पल शाहलाई थुनामा पठाउनुको कारण सहितको प्रतिवेदन उपलव्ध गराउन आदेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७८
|
|
२० पटक हेरिएको
Shares
पल शाहलाई थुनामा पठाउनुको कारण सहितको प्रतिवेदन उपलव्ध गराउन आदेश

सारांश

  • कलाकार पल शाहले उच्च अदालत कास्कीमा दिएको निवेदनमा बुधबार तोकिएको पेशीमा कारणसहितको प्रतिवेदन उपलब्ध गराउन आदेश दिएको छ ।
  • उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले नाबालिका बलात्कार गरेको अभियोगमा कारागारमा रहेका शाहलाई थुनामा पठाएको प्रमाणहरूको प्रतिवेदन उपलब्ध गराउन बुधबार आदेश दिएको हो ।
  • पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले निवेदन दिएका थिए ।

कलाकार पल शाहले उच्च अदालत कास्कीमा दिएको निवेदनमा बुधबार तोकिएको पेशीमा कारणसहितको प्रतिवेदन उपलब्ध गराउन आदेश दिएको छ । उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले नाबालिका बलात्कार गरेको अभियोगमा कारागारमा रहेका शाहलाई थुनामा पठाएको प्रमाणहरूको प्रतिवेदन उपलब्ध गराउन बुधबार आदेश दिएको हो ।

पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले निवेदन दिएका थिए । शाहले जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले गत चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?