पहिरोले कन्टेनर र जिप बगायो
सारांश
- रसुवा – अविरल वर्षासँगै आएको पहिरोले रसुवामा वुधबार साँझ पहिरो जाँदा मालवाहक कन्टेनर र जिप बगाएको छ ।
- पासाङ ल्ह्यामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्डअन्तर्गत कालिका गाउँपालिका–१ स्थित राम्चेमा पहिरोले मालवाहक कन्टेनर र जिप बगाएको रसुवा प्रहरीले जनाएको छ ।
- चीनको केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७५९० नम्बरको कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको बा १५ च २७३५ नम्बरको जिपलाई पहिरोले बगाएकाले उद्दर भइरहेको बताए ।
रसुवा – अविरल वर्षासँगै आएको पहिरोले रसुवामा वुधबार साँझ पहिरो जाँदा मालवाहक कन्टेनर र जिप बगाएको छ ।
पासाङ ल्ह्यामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्डअन्तर्गत कालिका गाउँपालिका–१ स्थित राम्चेमा पहिरोले मालवाहक कन्टेनर र जिप बगाएको रसुवा प्रहरीले जनाएको छ ।
चीनको केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७५९० नम्बरको कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको बा १५ च २७३५ नम्बरको जिपलाई पहिरोले बगाएकाले उद्दर भइरहेको बताए ।
प्रहरीका अनुसार पहिरोले सडक अवरुद्ध भएपछि रोकिएका २ वटा गाडी बगाएपछि सवार यात्रु ओर्लिएको समय परेको थियो । पहिरोले सडक अबरुद्ध बनाएपछि चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक मार्ग बन्द भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया