विश्व मुटुरोग दिवसमा तालिम दिदै नर्भिक अस्पताल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ८, २०७६
|
|
४० पटक हेरिएको
Shares
विश्व मुटुरोग दिवसमा तालिम दिदै नर्भिक अस्पताल

सारांश

  • विश्व मुटुरोग दिवस २०१९ को अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालको मुटुरोग विभागले विशेष तालिम दिने भएको छ ।
  • बुधबार अस्पतालले विज्ञप्ति जारी गर्दै मुटुरोगीहरुका लागि खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापकाको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारको बारेमा उपयोगी र जानकारीमूलक तालिम दिन लागेको जनाएको छ ।
  • असोज ११ गते शनिबार अस्पतालको बहिरङ्ग कक्षमा हुने उक्त तालिम कार्यक्रम विहान ८ देखि १० बजेसम्म हुनेछ ।

विश्व मुटुरोग दिवस २०१९ को अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालको मुटुरोग विभागले विशेष तालिम दिने भएको छ । बुधबार अस्पतालले विज्ञप्ति जारी गर्दै मुटुरोगीहरुका लागि खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापकाको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारको बारेमा उपयोगी र जानकारीमूलक तालिम दिन लागेको जनाएको छ ।

असोज ११ गते शनिबार अस्पतालको बहिरङ्ग कक्षमा हुने उक्त तालिम कार्यक्रम विहान ८ देखि १० बजेसम्म हुनेछ । तालिममा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी.जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. सन्तोषलाल श्रेष्ठ र डा. राजिव श्रेष्ठ पनि सहभागि हुने अस्पतालले जानकारी दिएको छ । तालिममा सहभागि हुन चाहने इच्छुक व्यक्तिहरुले अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?