सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागिता

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागिता

सारांश

  • काठमाडौं, माघ २४ ।
  • विश्वभरका उत्कृष्ट सेफहरुको सहभागितामा हुने विश्व सेफ सम्मेलनमा युएईबाट नेपाली युवा सरोजसिंह थापाले सहभागिता जनाउने मौका पाएका छन् ।
  • थापाले सहभागितासँगै ‘पेष्ट्रि जज सेमिनार’ विधामा प्रमाणपत्रसमेत पाएका छन् ।

काठमाडौं, माघ २४ । विश्वभरका उत्कृष्ट सेफहरुको सहभागितामा हुने विश्व सेफ सम्मेलनमा युएईबाट नेपाली युवा सरोजसिंह थापाले सहभागिता जनाउने मौका पाएका छन् । थापाले सहभागितासँगै ‘पेष्ट्रि जज सेमिनार’ विधामा प्रमाणपत्रसमेत पाएका छन् । अब उनले वल्र्ड एशोसिएसन अफ सेफ सोसाइटीज अन्तगर्तका विभिन्न प्रतिष्पर्धा तथा कार्यक्रमहरुमा सहभागिता जनाउन पाउने छन् ।

होटल तथा फुड रिलेटेड विषयका बारेमा भएको उक्त सेमिनारमा वल्र्ड एशोसिएसन अफ सेफ सोसाइटीजका अध्यक्ष थोमस गुग्लरकोसमेत सहभागिता रहेको थियो । सेमिनारमा होटल तथा फुड सम्वद्ध विषयको छलफल, प्रदर्शनी र तालिमका साथै सेफहरुको मुल्यांकन गरी ग्रेडिङसमेत गरिएको थियो । उक्त ग्रेडिङकै आधारमा थापाले पेष्ट्रि सेफ अन्तगर्त प्रमाणपत्रसमेत पाएका हुन ।

जर्मनीमा यही फेब्रुअरी ३ बाट ७ सम्म चलिरहेको उक्त सेमिनारमा ४० भन्दा बढी मुलुकका सिनियर सेफहरुको सहभागिता रहेको छ । हरेक २ वर्षमा सेफहरुको विश्वव्पापी संस्था वल्र्ड एशोसिएसन अफ चिप्स सोसाइटीजको आयोजनामा हुने उक्त सम्मेलनमा सहभागीता जनाउने संभवत पहिलो नेपाली थापा बनेका हुन् ।

को हुन थापा ?

रोजगारीको सिलसिलामा आजभन्दा १७ वर्षअघि वेटरको काममा यूएई छिरेका धादिङका सरोजसिंह थापा त्यसयता विभिन्न देशका होटलमा काम गर्दै आज यूएईकै प्रतिष्ठित म्यारियोट होटलमा सेफ डिपार्ट अन्तर्गत हेड पेष्ट्रि सेफ बन्न सफल भएका छन् ।

युएईकै आवुदावीमा रहेको ‘गो होलिडे’बाट काम शुरु गरेका थापाले दुवईकै इमिरेट्स प्यालेस होटल, ओमानको क्राउनप्लाजा होटल, कतारको रेस क्यापिटल होटल, कुवेतको होटल ¥याडिसन, कतारको डब्लु दोहा हुदै पुन : दुवईको होटल सोफिटलसम्म काम गरे । यसपछि दुवईको पार्क एण्ड रिसोर्टमा रहेको पाँचतारे होटल लपिताको सेफ डिपार्ट प्रमुखको रुपमा कार्यरत उनी पछिल्लो समय युएईकै अर्को प्रख्यात होटल म्यारियोटमा हेड पेष्ट्रि सेफकारुपमा कार्यरत छन् ।

लामो अनुभव संगाल्दै संघर्ष, मेहनत र इमान्दारिताले डिपार्ट प्रमुखसम्म बन्न सफल थापा विदेशमा रहेका थोरै सफल नेपाली कामदारहरुमध्ये अग्रस्थानमै पर्दछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७६ वर्षीया आमाकाे हत्या गर्ने छाेराे पक्राउ!
७६ वर्षीया आमाकाे हत्या गर्ने छाेराे पक्राउ!
साहित्यकार र समालोचकहरुले भने, “बौद्धिक उपन्यास सुवर्णलता”
साहित्यकार र समालोचकहरुले भने, “बौद्धिक उपन्यास सुवर्णलता”
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
एमाले स्थायी कमिटीको बैठक सम्पन्न: मन्त्री छान्नेबारे यस्तो निर्णय
एमाले स्थायी कमिटीको बैठक सम्पन्न: मन्त्री छान्नेबारे यस्तो निर्णय
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
अन्तत: यसरी मिलेको थियो ओली–प्रचण्डबीच कुरो !
अन्तत: यसरी मिलेको थियो ओली–प्रचण्डबीच कुरो !
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा

तपाईंले छुटाउनुभयो कि?