कांग्रेस बैठक बैशाख पहिलो साता
सारांश
- काठमाडौ : नेता खुम बहादुर खडकाको निधन पछि स्थगीत भएको काग्रेस केन्द्रिय कार्यसमिती बैठक अव बैशाखको पहिलो हता मात्रै बस्ने भएको छ।
- गएको ९ चैत देखि निर्वाचन समिकक्षाका लागी सुरु भएको काग्रेस बैठक गएको १८ गते नेता खडकाको निधन प्रति शोक व्यक्त गर्दै स्थगीत भएको थियो।
- भारतको दिल्लीमा उपचार भइरहेको वेला १६ चैतको साझ खडकाको निधन भएको थियो।
काठमाडौ : नेता खुम बहादुर खडकाको निधन पछि स्थगीत भएको काग्रेस केन्द्रिय कार्यसमिती बैठक अव बैशाखको पहिलो हता मात्रै बस्ने भएको छ। गएको ९ चैत देखि निर्वाचन समिकक्षाका लागी सुरु भएको काग्रेस बैठक गएको १८ गते नेता खडकाको निधन प्रति शोक व्यक्त गर्दै स्थगीत भएको थियो। भारतको दिल्लीमा उपचार भइरहेको वेला १६ चैतको साझ खडकाको निधन भएको थियो।
त्यस पछि बसेको १८ चैतको बैठकले शोक व्यक्त गर्दै ५ दिन सम्म पार्टी कार्यल्यहरु बन्द गर्नुको साथै १३ औ दिनमा केन्द्र देखि जिल्ला तह सम्ममा शोकसभाहरु गर्ने निर्णय गरेको थियो। त्यसको संगै बैठकले अर्को सुचना जारी नभए सम्म चलीरहेको केन्द्रिय कार्यसमिती बैठक समेत स्थगीत भएको निर्णय गरेको थियो।
काग्रेसका मुख्य सचिव कृष्ण पसाद पौडौलका अनुसार खडको निधनको १३ दिन सम्म पार्टी बैठक गर्ने योजना छैन। २८ गते खडको १३ दिनको तीथी परेकाले अव बस्ने बैठक बैशाखको पहिला हप्ता तीर मात्रै सम्भव रहेको पौडैलले बताए। ९ चैत देखि सुरु भएको बैठक १८ चैत सम्ममा जम्मा सात दिन मात्रै बसेको थियो। निर्वाचन समिकक्षाका लागी सुरु भएको बैठकमा अहिले सम्म ४० जना जती केन्द्रिय सदस्यहरुले बोलीसकेका छन भने अझै पनि ३० जना जतीले वोल्न नाउ टिपाएका छन।
गएको निर्वाचनमा काग्रेसले नराम्ररी पराजय व्योहोरे पछि समिकक्षामा जुटेको काग्रेसको जारी बैठकलाई चौतर्फी चासो पुर्वक हेरिएको थियो। बैठकको सुरु देखि नै सभापति शेरबाहुर देउवालाई नेताहरुले कडा आलोचना गर्दै आएका थिए। देउवा पक्षका नेताहरुले उनको बचाउमा जुटेको बैठक पक्ष र विपक्षमा वाडिएको थियो। देउवा इतर समुहका प्रभावशाली नेताहरु बैठकमा लिखित वक्तव्य राखेर सभापति देउवाको आलोचनामा उत्रन थाले पछि उनी अप्ठयारोमा परेको हुन। बैठकमा अहिले सम्म आधा दर्जन भन्द्या वढी शिर्षस्त नेताहरुले लिखित वक्तय दिएका छन। पार्टी भित्रका प्रभावशाली मानिने युवा नेताहरुले समेत लिखित वक्तव्य नै दिने तयारीमा छन।
नेताहरुले बोलीसके पार्टीका पदाधिकारीहरुले बोल्ने र सबै भन्दा अन्तयमा सभापति देउवाले नेताहरुले उठाएको प्रश्नहरुको जवाफ दिने छन। महासमिती भेलाको मिती र स्थान देखि सभापतिले पदाधिकारी सम्म मनोयन गर्न आकंलन गरिएको जारी बैठक काग्रेसकै इतिहासमा सम्भवतह सबै भन्दा लामो केन्द्रिय कार्यसमिती बैठक हुने छ।
सिन्डीकेट तोडने कार्यको प्रशंसा
सरकारले काठमाडौ बनेपा सडक खण्डमा सिन्डीकेट तोडदै अन्य सार्वजनिक यातायात चल्ने व्यथा गरेको प्रति काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रशंसा गरेको छ। शर्माले सरकारको राम्रो कामलाई स्वागत र खराव कामलाई आलोचना गर्ने काग्रेसको निती अनुसार पछिल्लो सडक सिन्डीकेट तोडने सम्बन्धी निर्णयलाई प्रशंसा गरेको शर्माले बताए। शर्माले काठमाडौ बनेपा झै मुलुकको अन्य सडकहरुको सन्दर्भहरुमा समेत यो सिन्डीकेड तोर्ने भनेको छ। उनले भनेको छ, यातायात सिन्डकेट तोडने सरकारको प्रयन्त जायज छ, लोकतन्त्र र प्रतिस्पर्धात्मक अर्थवयस्थामा कसैलाई पनि निषेधको व्यहवार गर्नु हुन्न।
प्रतिक्रिया