पहिलो ओभरमै नेपाललाई सफलता, सोमपालले लिए विकेट
सारांश
- काठमाडौं, २५ माघ ।
- आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली नामिबियाविरुद्ध खेलिरहेको नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ ।
- नेपालका बलर सोमपाल कामीले विकेट लिएपछि नामिबियाका प्रारम्भिक ब्याट्सम्यान एलपी भान डर वेस्थुजेन शून्यमा आउट भए ।
काठमाडौं, २५ माघ । आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली नामिबियाविरुद्ध खेलिरहेको नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ ।
नेपालका बलर सोमपाल कामीले विकेट लिएपछि नामिबियाका प्रारम्भिक ब्याट्सम्यान एलपी भान डर वेस्थुजेन शून्यमा आउट भए ।
पहिलो ओभरको तेस्रो बलमा सोमपालले विकेट हात पारेका हुन् । नामिबियाले ताजा स्थितिमा तीन ओभरको समाप्तिमा एक विकेट गुमाएर १४ रन बनाएको छ । नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया