सुनको भाउ एक सातामै साढे ४ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार?
सारांश
- २५ फागुन : गत एक सातामै सुनको भाउ प्रतितोला ४ हजार ५०० रुपैयाँले बढेको छ।
- कोरोना भाइरसको प्रभावका कारण फागुन १८ गते प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य फागुन २३ गते शुक्रबार ८२ हजार ५०० रुपैयाँ पुगेको हो।
- पछिल्लो समय लगातार बढीरहेको सुन तथा चाँदीको भाउ फागुन २५ गते आइतबार भने स्थीर रहेको छ।
२५ फागुन : गत एक सातामै सुनको भाउ प्रतितोला ४ हजार ५०० रुपैयाँले बढेको छ। कोरोना भाइरसको प्रभावका कारण फागुन १८ गते प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य फागुन २३ गते शुक्रबार ८२ हजार ५०० रुपैयाँ पुगेको हो।
पछिल्लो समय लगातार बढीरहेको सुन तथा चाँदीको भाउ फागुन २५ गते आइतबार भने स्थीर रहेको छ। यस दिन छापावाला सुन प्रतितोला ८२ हजार ५०० र तेजाबी सुन प्रतितोला ८२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
सुनको भाउ लगातार बढ्न थालेपछि सुन कारोबारमा भने मन्दी छाएको व्यवसायीहरू बताउछन्। अहिले सुनको भाउ बढेर कारोबारमा कमी आउदा व्यवसाय धान्न समेत गाह्रो पर्ने अवस्था आएको व्यवसायीको गुनासो छ।
यस दिन सुनसँगै चाँदी पनि स्थीर रहेको छ। चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महाँसंघले जनाएको छ। मेरोलगानीबाट
प्रतिक्रिया