फ्लाविया मिस इको इन्टरनेशनल नेपाल २०२४ घोषित

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०८०
|
|
२६ पटक हेरिएको
Shares
फ्लाविया मिस इको इन्टरनेशनल नेपाल २०२४ घोषित

सारांश

  • काठमाडौं ।
  • काठमाडौंमा सम्पन्न ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’को उपाधि फ्लाविया महर्जनले जितेकी छिन् ।
  • काठमाडाँैकी २१ बर्षिया विजेता महर्जनले यो उपाधि हाँसिल गरेसँगै इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२४’ नेपालको प्रतिनिधित्व गर्दै भागलिन पाउने छिन् ।

काठमाडौं । काठमाडौंमा सम्पन्न ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’को उपाधि फ्लाविया महर्जनले जितेकी छिन् । काठमाडाँैकी २१ बर्षिया विजेता महर्जनले यो उपाधि हाँसिल गरेसँगै इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२४’ नेपालको प्रतिनिधित्व गर्दै भागलिन पाउने छिन् । गतबर्षकी विजेता रक्षा उप्रेतीले कार्यक्रममा ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’को ताज महर्जनलाई लगाइदिएकी हुन् ।

मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगीतामा ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहनेछ । प्रतियोगिताका लागि महर्जन नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् ।

कार्यक्रममा बोल्दै उपाधि विजेता महर्जनले इजिप्टमा हुने सो अन्तराष्ट्रिय प्रतियोगिताबाट आफुले शिर्ष उपाधि ल्याउन पूर्ण कोशिस गर्ने बताईन् । सो अन्तराष्ट्रिय प्रतियोगीतामा आफुले नेपालका कल्चरल, साँस्कृतिक र पर्यटकीय स्थानको समेत प्रचार गर्ने उनले बताइन् ।

कार्यक्रममा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, हेरिटेज प्याजेन्टका निर्देशक सन्तोष सापकोटा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेरराज गिरीलगायतले महर्जनलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?