पहिलो सेमिफाइनल– भारत र न्यूजिल्याण्डबीच हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २४, २०७६
|
|
३५ पटक हेरिएको
Shares
पहिलो सेमिफाइनल– भारत र न्यूजिल्याण्डबीच हुँदै

सारांश

  • काठमाडौं ।
  • आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज भारत र न्यूजिल्याण्डबीच खेल हुँदैछ ।
  •  इङ्ल्याण्डको म्यानचेष्टरमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज भारत र न्यूजिल्याण्डबीच खेल हुँदैछ । इङ्ल्याण्डको म्यानचेष्टरमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । लिग चरणमा यी दुई टोलीबीचको खेल वर्षाले स्थगित भएको थियो । विश्वकप इतिहासमा भारत र न्यूजिल्याण्ड पहिलो पटक सेमिफाइनलमा खेल्न लागेका हुन् ।

ओल्ड ट्राफोर्ड मैदानमा हुने खेल जित्दै फाइनलमा पुग्ने दुबै टोलीको लक्ष्य छ । यसअघिको पाँच भेटमा भारतले ३ खेल जितेको छ । न्यूजिल्याण्डले १ खेल जितेको छ भने एक खेलमा बर्षा बाधक भएको थियो । जस अनुसार दुबै टिमले अंक बाढेका थिए । जारी विश्वकपमा भारतले ९ खेलमा ७ जित हात पार्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा गरेको थियो ।

न्यूजिल्याण्डले समान ५ खेल जित्दै चौथो स्थानमा रहेर सेमिफाइनलमा ठाउँ बनाएको थियो । विश्वकप इतिहासमा पहिलो पटक भारत र न्युजिल्याण्ड सेमिफाइनलमा खेल्न लागेका हुन् । दुवै टिमले सेमिफाइनलका लागि तयार भएको बताईसकेका छन् । यस खेलको विजेताले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?