प्रधानमन्त्री ओलीले आयोगको कार्यक्रम बहिस्कार गर्छु भनेपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले आयोगको कार्यक्रम बहिस्कार गर्छु भनेपछि…

सारांश

  • मंसिर २४, काठमाण्डौ ।
  • प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय मानव अधिकार अयोगले गरेको कार्यक्रममा नजाने भनेपछि आयोग रुष्ट बनेको छ ।
  • विश्व मानवअधिकार दिवसका अवसरमा आयोगले हरिहर भवनमा गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीलाई मुख्य अतिथिको रुपमा बोलाइएको थियो ।

मंसिर २४, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय मानव अधिकार अयोगले गरेको कार्यक्रममा नजाने भनेपछि आयोग रुष्ट बनेको छ ।

विश्व मानवअधिकार दिवसका अवसरमा आयोगले हरिहर भवनमा गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीलाई मुख्य अतिथिको रुपमा बोलाइएको थियो । तर ओलीले आफू कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी गराएपछि आयोगका पदाधिकारी रुष्ट बनेका हुन् ।

आयोगका सदस्य सुदिप पाठकले प्रधानमन्त्रीले आयोगको कार्यक्रमलाई महत्व नदिएको भन्द आयोगले पनि प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिए ।

आजै दिउँसो ३ बजे प्रधानमन्त्रीले सिंहदरबारमा राखेको चियापान कर्याक्रममा आफूहरु नजाने पाठकले बताएका छन् ।

“हाम्रो कार्यक्रममा नआउने प्रधानमन्त्रीको चियापानमा हामी पनि जाँदैनौँ ।” पाठकले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?