पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीमा योगदानको चर्चा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीमा योगदानको चर्चा

सारांश

  • काठमाडौँ, १५ पुस ।
  • पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान वक्ताले उहाँले नयाँ नेपालको एकीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको छ ।
  • नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले देशको निर्माणमा वडामहाराजाधिराजको विशेष योगदानलाई बिर्सन नहुने बताउँदै हामी सबै जातजाति मिलेर राष्ट्रिय हितलाई संरक्षण गर्नुपर्छ भन्नुभयो ।

काठमाडौँ, १५ पुस । पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान वक्ताले उहाँले नयाँ नेपालको एकीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको छ ।

नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले देशको निर्माणमा वडामहाराजाधिराजको विशेष योगदानलाई बिर्सन नहुने बताउँदै हामी सबै जातजाति मिलेर राष्ट्रिय हितलाई संरक्षण गर्नुपर्छ भन्नुभयो । उहाँले स्वाभिमान भएको व्यक्तिले मात्र मुलुकको एकीकरण गर्न सक्षम हुने भन्दै पृथ्वीनारायण शाहमा त्यो स्वाभिमान प्रष्ट भएको चर्चा गर्नुभयो ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री डा रामशरण महतले नेपालको इतिहासमा पृथ्वीनारायण शाह सबैभन्दा महत्वपूर्ण सपुत भएको चर्चा गर्नुभयो । उहाँले राजा यक्षमल्लले पनि नेपालको एकीकरण गरे पनि पछि आफ्नो तीन छोरालाई काठमाडौँ, ललितपुर तथा भक्तपुर विभाजन गरिदिएका कारण नेपाल टुक्राटुक्रा राज्यमा परिणत भएको चर्चा गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले पृथ्वीनारायण शाहको नेपाल एकीकरणबाट चीन र भारतले पनि प्रेरणा हासिल गरेको बताउँदै पृथ्वीलाई आततायीको दृष्टिले हेर्न नहुने विचार व्यक्त गर्नुभयो । सीमाविद् बुद्धिनारायण श्रेष्ठले जापान, फ्रान्स, जर्मन, इटली, बेलायत आदि मुलुकले आफ्नो सीमा विस्तार गरिरहेका बेला नेपालले पनि आफ्नो सार्वभौम रक्षाका लागि सीमा विस्तार गर्नु महत्वपूर्ण कार्य हो भन्नुभयो ।

उहाँले पृथ्वीनारायण शाहले गरेको सीमा विस्तारलाई आफूले विस्तारवादीका रुपमा नभई एकीकरणका रुपमा स्वीकार गर्ने बताउनुभयो ।प्राध्यापक लालबाबु यादवले काठमाडौँका मल्ल राजाले पनि त्यसबेला तराईका चेलीबेटीसँग विवाहबारी गरेको प्रसङ्ग उल्लेख गर्दै ती राजाले काठमाडौँमा मैथली संस्कृति तथा साहित्यको विकास गर्न योगदान गरेको चर्चा गर्नुभयो । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पनि बोल्नुभएको सो कार्यक्रमको सभापतित्व अभियन्ता भरत बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपी राजमार्ग १५ दिनभित्रै पुर्ण सञ्चालनमा
बिपी राजमार्ग १५ दिनभित्रै पुर्ण सञ्चालनमा
‘हिरासतमा पानीपट्टी लगाई चरम यातना दिएर मैले नै गराएको भन्न वाध्य पारियो’ – दिलिपसिंह विष्ट
‘हिरासतमा पानीपट्टी लगाई चरम यातना दिएर मैले नै गराएको भन्न वाध्य पारियो’ – दिलिपसिंह विष्ट
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
लालबन्दीमा हालसम्म अढाइ सय क्षयरोगका बिरामी फेला
लालबन्दीमा हालसम्म अढाइ सय क्षयरोगका बिरामी फेला
कपिल शर्मा शो इन्कार गर्ने यी चार सेलिब्रेटी
कपिल शर्मा शो इन्कार गर्ने यी चार सेलिब्रेटी
राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने
राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने
नेकपाको तीनमहिने अभियान शुरु
नेकपाको तीनमहिने अभियान शुरु
पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरे परराष्ट्र नीतिमा कुनै समस्या आउँदैन : लिङ्देन
पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरे परराष्ट्र नीतिमा कुनै समस्या आउँदैन : लिङ्देन
नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा ३२ जना घाइते
नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा ३२ जना घाइते
सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा
सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा

तपाईंले छुटाउनुभयो कि?