‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
५६ पटक हेरिएको
Shares
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो

सारांश

  • काठमाडौं, २६ माघ- डेढ साताअघि अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ‘पहुँचवाला’लाई व्यवस्थापन गर्ने नाममा सशस्त्र प्रहरी बलले संगठनको संरचनामै दीर्घकालीन असर पार्ने गरी प्रस्ताव तयार पारेको छ ।
  • छलफल, बहस, अध्ययन र अनुसन्धानबिनै सीमित व्यक्तिलाई मात्रै फाइदा पुग्ने गरी तयार पारिएको यो प्रस्तावलाई सरकारले पारित गरेको अवस्थामा सशस्त्र प्रहरीको अधोगतिका दिन सुरु हुनेछन् ।
  • यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

काठमाडौं, २६ माघ- डेढ साताअघि अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ‘पहुँचवाला’लाई व्यवस्थापन गर्ने नाममा सशस्त्र प्रहरी बलले संगठनको संरचनामै दीर्घकालीन असर पार्ने गरी प्रस्ताव तयार पारेको छ । छलफल, बहस, अध्ययन र अनुसन्धानबिनै सीमित व्यक्तिलाई मात्रै फाइदा पुग्ने गरी तयार पारिएको यो प्रस्तावलाई सरकारले पारित गरेको अवस्थामा सशस्त्र प्रहरीको अधोगतिका दिन सुरु हुनेछन् । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

अन्तर्राष्ट्रिय सैनिक संरचना मापदण्डविपरीतसमेत रहेको यो प्रस्ताव पारित भए राष्ट्रिय सुरक्षा नीतिमा समेत गम्भीर असर पर्नेछ । साथै सशस्त्र प्रहरीमा निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएकाहरूको वृत्तिविकास र भविष्यमै गम्भीर आघात पर्नेछ । छलफलका लागि ल्याइएको यो प्रस्तावको सशस्त्रभित्रै चर्काे विरोध हुन थालेको छ।

‘सशस्त्र प्रहरी बल नेपालको हालको कार्यालय, थप कार्यालय र दरबन्दीको पुनःसंरचना’ नाम दिइएको सो प्रस्तावमा केन्द्रमा रहेको एआईजीको संख्या घटाएर प्रदेशमा लगिएको छ । सशस्त्र मुख्यालयभित्रै चारओटा विभाग रहेकामा त्यसलाई घटाएर दुईमा झारिएको छ । राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र महानगरीय कार्यालयलाई यथावत राखिएको छ । सशस्त्र मुख्यालयभित्रै रहेको चारओटा विभागमध्ये मानवस्रोत विकास तथा प्रशासनिक विभागलाई एउटै बनाइएको छ । कार्य तथा सीमा सुरक्षा विभागलाई पनि ‘मर्ज’ गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस १५ गते मंगलबारको राशिफल यस्तो छ
पुस १५ गते मंगलबारको राशिफल यस्तो छ
संविधानले दिएकाे अधिकारबाटै बालबालिका बञ्चित !
संविधानले दिएकाे अधिकारबाटै बालबालिका बञ्चित !
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
उम्मेदवारको काराेबार बैंक खाताबाट गर्न आयाेगकाे निर्देशन
उम्मेदवारको काराेबार बैंक खाताबाट गर्न आयाेगकाे निर्देशन
म्यादी प्रहरीमा दोब्बरभन्दा बढीको निवेदन
म्यादी प्रहरीमा दोब्बरभन्दा बढीको निवेदन
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
प्रधानमन्त्रीले शुभकामना दिदै भने ‘दशैमा अनावश्यक तडकभडक नगरौ’
प्रधानमन्त्रीले शुभकामना दिदै भने ‘दशैमा अनावश्यक तडकभडक नगरौ’
चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु
चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु
दूध बेचेर मासिक असी हजार आम्दानी
दूध बेचेर मासिक असी हजार आम्दानी
डा. केसी र सरकारबीच सहमति, केसीले तोडे २० औँ अनशन
डा. केसी र सरकारबीच सहमति, केसीले तोडे २० औँ अनशन